जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • डेरिभेटिभदेखि ब्रोकर लाइसेन्स प्रक्रियासम्मको विषयमा अध्यन गरेर फर्कियो नेप्सेको भ्रमण टोली

डेरिभेटिभदेखि ब्रोकर लाइसेन्स प्रक्रियासम्मको विषयमा अध्यन गरेर फर्कियो नेप्सेको भ्रमण टोली

धितोपत्र बजारमा डेरिभेटिभदेखि ब्रोकर लाइसेन्स प्रक्रियासम्मका विषयमा अध्यन गर्न भारत भ्रमणमा गएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को टोली फर्किएको छ।

भ्रमण विशेष गरी ब्रोकर लाइसेन्स दिने सिस्टम, आइटी सिस्टम र बजार विविधिकरणका लागि डेरिभेटिभ प्रडक्टहरु जस्ता विषयवस्तुबारे अध्ययनमा केन्द्रित  रहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले बताएका छन्।

भारतीय स्टक एक्सचेन्जमा रहेका क्लियरिङ र अभिलेखीकरणका के कस्ता प्रावधान र प्रक्रियाको पनि विशेष अध्धयन भएको छ।

मुख्यतया भारतीय स्टक एक्सचेन्जमा चलन चल्तीमा रहेका विविध विषयहरु नेपालको स्टक एक्सचेन्जमा रेप्लिकेट गर्ने औचित्य यस भ्रमणको थियो। डेरिभेटीभ प्रडक्टमा विशेष ध्यान दिइएको कार्कीले बताए।

डेरिभेटिभका केही प्रडक्ट नेपाली धितोपत्र बजारलाई परिचय गराउने सोचका साथ टोली नेपाल फर्किएको छ। जसका लागि टोलीले भारतीय स्टक एक्सचेन्जका विज्ञहरुको सहायता पनि मागेको कार्कीले बताए।

यसका अलावा भारतीय स्टक एक्सचेन्ज नियामकको अधिनमा नभई स्वचालित छाडिने कार्की बताउँछन्। मार्केटको निर्माता मार्केट स्वयं हुने गर्छ। त्यस्तै, सस्टेन गर्ने मार्केटको क्षमता पनि मार्केट आफैले सिर्जना गर्ने गर्छ।

मार्केटलाई जति नियमन गर्न खोज्यो त्यति संरक्षण खोज्ने गर्छ। त्यसैले, धितोपत्र बजारलाई स्वतन्त्र तवरले छाडिनु पर्ने कार्कीको भनाइ रह्यो। टोलीले विशेषगरि बम्बे स्टक एक्सचेन्ज को अवलोकन तथा अध्यन गरेर फर्किएको हो।

भ्रमण टोलीमा सीईओ कार्कीसँगै नेप्सेका अन्य दुई कर्मचारी पनि थिए। यस्तै, सीडिएससीको प्रतिनिधित्व गर्दै दुईजना पनि भ्रमणमा संलग्न थिए। अर्थमन्त्रायलबाट पनि एक जना भ्रमण टोलीमा समावेश थिए।

2980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?