जोडिनुहोस
शनिबार, चैत्र ११, २०७९
शनिबार, चैत्र ११, २०७९
  • होमपेज
  • मर्जर प्रस्ताव पारित गर्न लुम्बिनी जनरलले बोलायो फागुन ११ गते साधारण सभा

मर्जर प्रस्ताव पारित गर्न लुम्बिनी जनरलले बोलायो फागुन ११ गते साधारण सभा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ११ गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले अमृतभोग, क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोड २७ लाख ८४ हजार रहेको छ । सोही पूँजीको आधारमा कुल ७ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो । उल्लेखित प्रस्तावहरूसँगै सगरमाथा इन्स्योरेन्ससँगको मर्जर प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । यी दुई कम्पनी १०० बराबर ८० शेयर स्वाप रेसियोका आधारमा मर्जरमा जान लागेका हुन ।

मर्जर सम्बन्धि सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ २६ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्नृ र सभामा भाग लिन योग्य हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका