जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको व्यवसाय चकनाचूर, प्रथम बीमा शुल्क करिब ४० प्रतिशतले खुम्चियो? छ महिनामै ६ अर्बको बीमा लेख सरेण्डर

जीवन बीमा कम्पनीहरुको व्यवसाय चकनाचूर, प्रथम बीमा शुल्क करिब ४० प्रतिशतले खुम्चियो? छ महिनामै ६ अर्बको बीमा लेख सरेण्डर

नेपालका जीवन बीमा कम्पनीहरुको व्यवसाय दिन प्रतिदिन बढ्नुको साटो घट्दै गएको भेटिएको छ । भन्दा अब फरक पर्दैन । यति सम्मकी प्रथम बीमा शुल्क आर्जनमा समेत करिब ४० प्रतिशतले खुम्चिएको भेटिएको छ । यो बीमा बजार र बीमा कम्पनीहरुलाई राम्रो पक्ष पक्कै होइन । पछिल्लो समय जीवन बीमा कम्पनीहरुको व्यवसायकै मुटु मानिएको बीमा लेख सरेण्डर गर्नेहरुको सख्या ६ महिनामै ६ अर्ब भन्दा बढिको सहेको देखिन्छ भनिन्छ गत आर्थिक वर्ष २०७८÷७९ को पौष मसान्तको तुलनामा चालू आर्थिक वर्ष २०७९÷८० को पौष मसान्तसम्ममा प्रथम बीमाशुल्क आम्दानी करिब ४० प्रतिशतले घटेको देखिन्छ । बीमा प्राधिकरणका अध्यक्ष सिलवालज्यू । नेपाल बीमा प्राधिकरणले जारी गरेको पौष मसान्तसम्मको आवधिक तथ्यांङ्क विश्लेषण गर्दा प्रथम बीमाशुल्क आम्दानी करिब ४० प्रतिशतले घटेको छ । गत आवको पौष मसान्तसम्ममा २० अर्ब ६० करोड ९६ लाख ८८ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका जीवन बीमा कम्पनीले चालू आवको पौष मसान्तसम्ममा जम्मा १४ अर्ब १७ करोड ७९ लाख २३ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको भेटिएको छ । अर्को नविकरण बीमाशुल्क आम्दानी यो अवधिमा गत आर्थिक वर्षको पौष मसान्तको तुलनामा १४ प्रतिशतले वृद्धि भएको छ । १९ जीवन बीमा कम्पनीले चालू आवको पौष मसान्तसम्ममा ५७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । तर प्रथम बीमाशुल्क आम्दानी वृद्धिदर नकारात्मक रहेकाले कूल बीमाशुल्क आम्दानी दोश्रो त्रैमासको अन्त्यसम्ममा आव २०७८÷७९ को पौष मसान्तको तुलनामा जम्मा १ प्रतिशतको झिनो अंकले वृद्धि भएको भेटिएको छ । यो राम्रो संकेत होइन ।

पुराना अधिकांश जीवन बीमा कम्पनीले बीमा अवधि पुरा भएपछि १० देखि २० वर्षे अवधिको लागी जारी गरिएको सावधिक बीमालेखको दाबी भुक्तानी शुरू गरिसकेकाले पनि सर्वसाधारणले बीमांकको दोब्बर रकम भुक्तानी नपाउँदा समेत जीवन बीमा प्रतिको आकर्षण घटेको बीमकहरुकै दाबी छ । भनिन्छ अभिकर्ता तथा कर्मचारीहरुले गएका वर्षमा एकल बीमा शुल्क मार्फत टार्गेट पुरा गर्न खोज्दा व्यवसायमा उल्लेख्य सुधार भएको थियो ।

वित्तीय तरलताको अभाव खेपेका बैंक वित्तीय संस्थाले दोहोरो अंकको ब्याज दरसहित बीमा सुविधा समेत उपलब्ध गराएर सर्वसाधारणको पोल्टामा रहेको नगद मुद्दती निक्षेपमार्फत् खिचेकाले पनि जीवन बीमा व्यवसायमा प्रत्यक्ष असर परेको हो भन्दा फरक पर्दैन । पुराना अधिकांश जीवन बीमा कम्पनीले बीमा अवधि पुरा भएपछि १० देखि २० वर्षे अवधिको लागी जारी गरिएको सावधिक बीमालेखको दाबी भुक्तानी शुरू गरिसकेकाले पनि सर्वसाधारणले बीमांकको दोब्बर रकम भुक्तानी नपाउँदा समेत जीवन बीमा प्रतिको आकर्षण घटेको बीमकहरुकै दाबी छ । भनिन्छ अभिकर्ता तथा कर्मचारीहरुले गएका वर्षमा एकल बीमा शुल्क मार्फत टार्गेट पुरा गर्न खोज्दा व्यवसायमा उल्लेख्य सुधार भएको थियो । प्राधिकरणले उधारो बीमा पोलिसी र एक बीमा शुल्क पोलिसीमा कडाइ गरे सँगै जीवन बीमा व्यवसायको प्रारम्भिक व्यवसायमा चर्को गिरावट आएको भेटिएको छ । देशको आर्थिक सूचकहरुलाई हेर्ने हो भने प्रायः सबै नकारात्मक छ । बीमा अभिकर्ताहरुले पोलिसीका लागि अनुरोध गर्दै गयो भने जोसुकैको पहिलो भनाइ नै देशको आर्थिक सूचक धेरै कमजोर भइसकेको भन्दै सुरु हुन्छ । तर सार्वजनिक विदाका दिनमा काठमाडौं उपत्यका बाहिरका कुनै पनि होटलका कोठा खालि हुँदैनन् । एकातिर बीमा गर्नु पर्यो भन्दा सर्वसाधारणको पहिलो जवाफ पैसा छैन भन्ने आउछ । अर्को तिर ति नै सर्वसाधारणहरु हरेक साता र सार्वजनिक विदाका दिनमा मनोरञ्जनका लागि उपत्यका बाहिर पुगेको देखिन्छ ।
संख्यात्मक उपस्थितिका लागी मात्र खोलिएका शाखा, उपशाखा कार्यालयहरू बन्द गर्ने वा गाभ्ने कार्य जीवन बीमा कम्पनीको पहिलो प्राथमिकतामा परेको भेटिएको छ ।

सञ्चालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुका पुस मसान्तसम्म आउँदा ६ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ बराबरका ४३ हजार ७ सय १५ वटा पोलेसी सरेण्डर भएको डरलाग्दो तथ्य सार्वजनिक भएको छ । समीक्षा अवधिमा सरेण्डर भएको पोलीसी सरेण्डरको रकम कम्पनीहरुले चालु आर्जन गरेको बीमा शुल्कको ८ प्रतिशत बढी हो। अर्थात आर्जन गरेको रकमको ८ प्रतिशत भन्दा बढी रकम बीमा गर्ने व्यक्ति(बीमित)ले पोलेसी सरेण्डर गर्दा बाहिरिएको छ। पुस मसान्तसम्म कम्पनीहरुले कुल ७१ अर्ब ६५ करोड २० लाख बीमाशुल्क संकलन गरेको भेटिएको छ । रकमका आधारमा साउन महिनामा सबैभन्दा बढी पोलेसी सरेण्डर भएको देखिन्छ ।

नाम मात्रका लागी भएपनि शाखा, उपशाखाको सञ्जाल खडा गरेका जीवन बीमा कम्पनीले अब व्यवसाय शुन्य भएका वा घर बहाल, कर्मचारी तलब र संचालन खर्च समेत उठ्ने गरी व्यापार दिन असक्षम शाखा,उपशाखा कार्यालयहरू समेत गाभ्ने वा बन्द गर्ने निर्णय लिन थालेका छन् । यसबाटै प्रस्ट हुन्छ बीमा बजार कता जाँदै छ भनेर । यसैबीच चालु आर्थिक वर्ष २०७९÷८० को पुस मसान्तसम्म करिब साढे ६ अर्ब रुपैयाँ बराबरका ४३ हजार बढी बीमालेख त्याग ( पोलेसी सरेण्डर) भएका छन्। सञ्चालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुका पुस मसान्तसम्म आउँदा ६ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ बराबरका ४३ हजार ७ सय १५ वटा पोलेसी सरेण्डर भएको डरलाग्दो तथ्य सार्वजनिक भएको छ । समीक्षा अवधिमा सरेण्डर भएको पोलीसी सरेण्डरको रकम कम्पनीहरुले चालु आर्जन गरेको बीमा शुल्कको ८ प्रतिशत बढी हो। अर्थात आर्जन गरेको रकमको ८ प्रतिशत भन्दा बढी रकम बीमा गर्ने व्यक्ति(बीमित)ले पोलेसी सरेण्डर गर्दा बाहिरिएको छ। पुस मसान्तसम्म कम्पनीहरुले कुल ७१ अर्ब ६५ करोड २० लाख बीमाशुल्क संकलन गरेको भेटिएको छ । रकमका आधारमा साउन महिनामा सबैभन्दा बढी पोलेसी सरेण्डर भएको देखिन्छ । साउनमा कुल ८ हजार ४ सय २२ वटा पोलेसी सरेण्डर हुँदा १ अर्ब ५१ करोड २७ लाख बढी रकम कम्पनीहरुबाट बीमाको योजना तथा उद्देश्य विपरित बाहिरिएको हो । अर्थात पोलीसीको समयम्याद नपुगी र कुनै दाबी बीना नै उक्त रकम बाहिरिएका हो । यो ६ महिनाको अवधिमा असोज महिनामा सबैभन्दा कम रकम बराबरका पोलेसी सरेण्डर भएका छन् । यो महिनामा ६ हजार ६३ वटा पोलीसी सरेण्डर हुँदा ७७ करोड ३२ लाख रुपैयाँ बराबरका पोलेसी सरेण्डर भएको देखिन्छ । बीमा प्राधिकरणका अध्यक्ष ज्यू । हेक्का होस् ।

पछिल्लो सयम यसलाई मुलुकका आर्थिक गतिविधिले समेत थप प्रभावित पारेको उनीहरुको भनाई छ । विगतका वर्षहरुमा बीमालेख व्यतित बजारमा अस्वस्थ प्रतिस्पर्धा तथा असक्षम जनशक्तिको कारण भएपनि यो वर्ष भने महँगिको कारणले बढेको कम्पनी सम्बद्ध व्यत्तिहरु कै दाबी छ । कारण के हो ? खोजी जरुरी छ । बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सार्वजनीक रुपमै तथा सिईओहरुलाई छलफलमै नयाँ व्यवसाय ल्याउनमा भन्दा पनि पुराना व्यवसाय जोगाउन निर्देशन समेत दिँदै आएका छन् । उनले पुराना व्यवसाय बचाउन नसके नयाँ व्यवसाय लिएर मात्रै जीवन बीमा व्यवसाय गर्न नसकिने र पछिलाई नराम्रो प्रभाव पार्नेमा कम्पनीहरुलाई पटकपटक सचेत बनाउँदै आएको देखिन्छ ।

यसरी बीमा सरेण्डर बढ्नु बीमा बजारको लागि राम्रो मानिदैन । तर, यसलाई नियन्त्रण गर्न न कम्पनीहरु नै सक्षम भएका छन् न त नियामक निकाय बीमा प्राधिकरण नै । पोलेसी सरेण्डर अस्वभाविक बढी भएकोमा बीमा व्यवसाय गर्ने कम्पनी सम्बद्ध व्यक्ति तथा प्राधिकरण सबैले स्वीकार गर्छन् । पछिल्लो सयम यसलाई मुलुकका आर्थिक गतिविधिले समेत थप प्रभावित पारेको उनीहरुको भनाई छ । विगतका वर्षहरुमा बीमालेख व्यतित बजारमा अस्वस्थ प्रतिस्पर्धा तथा असक्षम जनशक्तिको कारण भएपनि यो वर्ष भने महँगिको कारणले बढेको कम्पनी सम्बद्ध व्यत्तिहरु कै दाबी छ । कारण के हो ? खोजी जरुरी छ । बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सार्वजनीक रुपमै तथा सिईओहरुलाई छलफलमै नयाँ व्यवसाय ल्याउनमा भन्दा पनि पुराना व्यवसाय जोगाउन निर्देशन समेत दिँदै आएका छन् । उनले पुराना व्यवसाय बचाउन नसके नयाँ व्यवसाय लिएर मात्रै जीवन बीमा व्यवसाय गर्न नसकिने र पछिलाई नराम्रो प्रभाव पार्नेमा कम्पनीहरुलाई पटकपटक सचेत बनाउँदै आएको देखिन्छ । बीमा प्राधिकरणले गत वर्ष जीवन बीमालेख सम्बन्धि निर्देशिका जारी गरी पोलिसी किनेको १ वर्षमा नै सरेण्डर गर्न सकिने व्यवस्थालाई परिमार्जन गर्दै ३ वर्ष पछि मात्रै सरेण्डर गर्न सकिने व्यवस्था गरेको पनि देखिन्छ ।

जसले गर्दा बीमा क्षेत्र भित्रका कमजोरीका कारण हुने पोलिसि सरेण्डरमा भने कमि आएको भन्न सकिन्छ । ‘फाइनान्सियल अन्डरराइटिङ’ अर्थात् बीमा गर्ने व्यक्तिको आम्दानी स्रोत, खर्चको अवस्था र बचतको अवस्थाको बारेमा जानकारी नलिई गरिने परम्परागत समस्यामा अहिलेको आर्थिक संकुचन थपिनु सरेण्डरको कारण हो भन्दा फरक पर्दैन ।

यता बहु कम्पनीमा एजेन्ट बनी एउटा कम्पनीमा १ वर्ष पुगेका बिमितलाई सरेण्डर गर्न लगाएर अर्काे कम्पनीको बीमालेख खरिद गराएको पाईएपछि बीमा प्राधिकरणले एउटा मात्रै कम्पनीमा एजेन्ट बन्न पाउने समेत नियम लिएको छ । जसले गर्दा बीमा क्षेत्र भित्रका कमजोरीका कारण हुने पोलिसि सरेण्डरमा भने कमि आएको भन्न सकिन्छ । ‘फाइनान्सियल अन्डरराइटिङ’ अर्थात् बीमा गर्ने व्यक्तिको आम्दानी स्रोत, खर्चको अवस्था र बचतको अवस्थाको बारेमा जानकारी नलिई गरिने परम्परागत समस्यामा अहिलेको आर्थिक संकुचन थपिनु सरेण्डरको कारण हो भन्दा फरक पर्दैन । कोभिडको महामारीपछि धेरैको रोजगार खोसिनु, व्यवसायीको व्यवसाय पनि अझै लयमा आउन नसक्नु, महँगी बढ्नु, ऋण नपाईनु तथा नउठ्नु जस्ता बजारमा देखिएका समस्याको कारण पोलिसी सरेण्डर गरेरै भए पनि समस्या टारौँ भन्ने मनस्थितिले पनि बिमितले सरेण्डर गरेका हुन् भन्दा अन्यथा नहोला । सचेत भया ।

1855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका