जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • केरुङ- काठमाडौ रेलमार्ग निर्माणको सम्झौंता

केरुङ- काठमाडौ रेलमार्ग निर्माणको सम्झौंता

चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदैछन्। २३ वर्षपछि चीनबाट हुन लागेको राष्ट्रपति भ्रमणलाई नेपालले उच्च प्राथमिकतामा राखेको छ। हाल सी भारत भ्रमणमा छन्।

शुक्रवार दिउँसो भारतको चेन्नई पुगेका सीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर वार्ता गर्दैछन्। दुई नेताबीच आज करिब ६ घण्टा विभिन्न विषयहरुमा छलफल हुनसक्ने बताइएको छ। मोदीसँगको छलफलपछि केहीबेर आराम गरेर सी आजै नेपाल आउनेछन्। सीको भ्रमणलाई लक्षित गर्दै काठमाडौं उपत्यकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। सीको भ्रमणका क्रममा केही घण्टा सडक खाली गराउने हुँदै सर्वसाधरणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

चिनियाँ राष्ट्रपति सी दिउँसो करिब ४:३० मा त्रिभुवन विमानस्थलमा आइपुग्नेछन्। उनले नेपालमा करिब १९ घण्टा समय बिताउनेछन् । सी सहितको चिनियाँ प्रतिनिधिमण्डललाई ताहाचलस्थित सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ।सोल्टीमा केही समय विश्राम गरेपछि सीले बेलुकी ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा बेलुकी ७:३० बजे  सोल्टी होटलमा ‘स्टेट डिनर’ आयोजना गर्नेछिन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सीले शनिवार नै भेट गर्नेछन्। राष्ट्रपति सीले आइतवार बिहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नेछन्। त्यसपछि करिब ११:३० बजे प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच द्वीपक्षीय वार्ता हुनेछ। त्यसक्रममा केही सन्धी/सम्झौतामा हस्ताक्षर हुनेछ।

सी जिनपिङसँगको वार्तामा नेपालले मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई मुख्य एजेन्डा बनाउने तयारी गरिरहेको छ। ‘मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत मुख्यरुपमा कनेक्टिभिटीका कुराहरु पर्छन्। प्रधानमन्त्री केपीशर्मा ओलीले केरुङ- काठमाडौं रेलमार्ग निर्माणको मोडालिटी तय हुने केही दिन अघि बताएका थिए।

तर निर्माणको मोडालिटी तय भएको छैन। रेल विभागका अनुसार चीनले ५० प्रतिशत अनुदान, २५ प्रतिशत ऋण र २५ प्रतिशत नेपालले लगानी गर्नुपर्ने प्रस्ताव गरेको छ। यो मोडालिटीमा नेपालले अझै आफ्नो जोखिम कम गर्न चाहेको छ। स्रोतका अनुसार ओली र सीबीच हुने बैठकबाट मोडालिटी टुंग्याउन खोजिएको छ। लगानी मोडालिटी तय नभए डिपिआर निर्माणको सम्झौंता हुनेछ।

चिनियाँ आर्थिक र प्राविधिक सहयोगमा पूर्व सम्भाव्यता अध्ययन समेत भइसकेको छ। चिनियाँ कम्पनी फष्ट सर्भे एण्ड डिजाइन इन्स्ट्रिच्युटले करिव तीन महिना अध्ययन गर्दा केरुङ ( काठमाडौं रेल परियोजना सम्भव देखाएको थियो।चिनियाँ कम्पनीले दिएको रिपोर्ट अनुसार यो रेलमार्ग करिव ७२ किलोमिटर लामो हुनेछ। जसमा ७ वटा सुरुङ हुनेछन् । सुरुङमार्ग समेत लामो हुनेछ। त्यस्तै करिव ७० मिटर उचाईसम्मका पुलहरु निर्माण गर्नुपर्नेछ।

९० प्रतिशत भन्दा बढी भाग टनेल र पुलमा रहनेछ। रसुवागढीबाट करिव २ हजार मिटर ओरालो रेल झरेर काठमाडौं आइपुग्नुपर्ने भएकाले सिङगल इन्जिनको रेल संचालन गर्न नसकिने रिपोर्टमा उल्लेख छ। यो रेलमार्ग बनाउन २ खर्ब ५६ अर्ब लाग्ने प्रारम्भिक अनुमान उक्त रिपोर्टमा गरिएको छ। डिपिआर नबनेका कारण मोडालिटीको टुङगो लागेको छैन्।

चीनले सिगात्सेबाट केरुङ करिव ५ सय किलोमिटर रेलमार्ग निर्माण सुरु गरेकै छैन। सन् २०२० मा रेलमार्ग ल्याउने पूरा नभएपछि दुई वर्षपछि सारिएको छ। चिनियाँ प्राविधिकहरुले कुनै समस्या नआए निर्माण सुरु गरेको ९ बर्षमा काठमाडौंसम्म रेल ल्याउन सकिने बताएका छन्। यो वाहेक अन्य ठूला परियोजनाको समेत सम्झौंताका लागि प्रस्ताव तयार भइरहेको छ।

चीनसँग सम्झौता गर्न चारवटा प्रस्तावमा तयार पारिएको जानकारी दिए। उनका अनुसार स्याफ्रुवेशी ( वेत्रावती सुरुङमार्ग, लेगुवाघाट(किमाथांका सडक, टोखा -छहरे सुरुङमार्ग र तातोपानीसम्म पुग्ने सडकको प्रस्ताव तयार पारिएको हो।टोखा -छहरे सुरुङमार्ग करिव ७ किलोमिटर हुनेछ। यो सुरुङमार्ग जोडेर वेत्रावतीसम्म पुग्ने करिव ३२ किलोमिटर सडक डबल लेनमा निर्माण गर्नुपर्ने छ। यो सडकको अध्ययनदेखि निर्माणसम्म गरिदिन प्रस्ताव गर्न लागिएको हो। यो सडकका लागि ३० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।

यो सुरुङमार्ग र सडक निर्माण गर्न सके चीनसँगको दुरी घट्नेछ। यो सुरुङमार्ग र सडक निर्माण भए साढे दुई घण्टामा केरुङ पुग्न सकिनेछ। चीनलाई रसुवागढी पुग्ने सडक खण्डकै धुन्चेमुनी वेत्रावती-स्याफ्रुवेशी सुरुङमार्ग समेत बनाउन प्रस्ताव गर्न लागिएको छ। यो सडकमा सुरुङमार्गसँगै पहिरो गैरहने स्थानमा स्लोव स्टेवलाईजेसन र रक सेटको प्रस्ताव समेत समेटिएको छ।

सरकारले आर्थिक बर्ष २०७६र७७ को बजेटमा वेत्रावती(स्याफ्रुवेशी सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरेको छ। यो सुरुङमार्ग अहिले चिनियाँ पक्षले निर्माण गरिरहेको स्याफ्रुवेशीसम्मको सडकसँग जोडिनेछ। चीनले रसुवागढीबाट नेपालतर्फ स्याफ्रुवेशीसम्म करिव १६ किलोमिटर सडक डबल लेनमा विस्तार गरिरहेको छ।

नेपालले चीनसँग किमांथाकासम्म पुग्ने सडक स्तरोन्नतिका लागि आग्रह गर्नेछ। लेगुवाघाट देखि किमाथांकासम्म पुग्ने सडकलाई डबल लेनमा स्तरोन्नती गर्ने प्रस्ताव समेत तयार पारिएको छ। जुन करिव १ सय ६० किलोमिटर लम्वाईको हुनेछ। अध्ययन डिजाईन र निर्माण समेत चिनियाँबाट गराउने प्रस्ताव नेपालले गर्दैछ।

नेपालले राष्ट्रपति आएका बेला तातोपानी नाकासम्म पुग्ने सडक दुईलेनमा विस्तारको लागि समेत आग्रह गर्नेछ। धुलिखेलदेखि मितेरीपुलसम्म करिव ८४ किलोमिटर लम्वाईको यो सडकको अध्ययन र निर्माण दुवैका लागि नेपालले ३/४ पटक प्रस्ताव गरिसकेको थियो। यो सडकलाई नारायणगढ-मुग्लिन सडकको स्ट्याण्डर्डमा विकास गर्ने योजना सरकारले बनाएको छ।

हालको सडकलाई स्तरोन्नती गरेर करिव ९ मिटर चौडाईको बनाउन लागिएको हो। यो सडकमा ३.५/३.५ मिटरको दुईवटा लेन हुनेछ भने बाँकी २ मिटरमा फुटपाथ लगायतका संरचना हुनेछ। यो सडक २ लेनमा विस्तार गर्न सके १५ देखि २० बर्षसम्म सहज हुनेछ। यो सडकका लागि १७ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।आइतवारै दिउँसो १ बजे चीनका राष्ट्रपति सी स्वदेश प्रस्थान गर्ने जनाइएको छ।

5565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका