जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राष्ट्र बैंकले रोक्यो हिमालयन बैंकको लाभांश

राष्ट्र बैंकले रोक्यो हिमालयन बैंकको लाभांश

हिमालयन बैंकलाई लाभांश स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकले सर्त तेर्स्याएको पाइएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जानको लागि लिखित प्रतिवद्दता नगर्दासम्म राष्ट्र बैंकले हिमालयन बैकलाई लाभांश स्वीकृति नदिने सर्त तेर्स्याएको स्रोतले जनाएको छ। 

हिमालयन बैंकले गत आर्थिक बर्षको लाभांश स्वीकृति र बार्षिक साधारणसभाको लागि राष्ट्र बैंकसँग अनुमति माग्दा राष्ट्र बैंकले यस्तो सर्त तेर्स्याएको स्रोतको दाबी छ। यहि कारणले मर्जर प्रकृयामा रहेको संगैको बैंक नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश स्वीकृति भई साधारणसभाको लागि समेत अनुमति पाईसकेको छ भने हिमालयन बैंकको भने रोकिएको छ। 

एक बर्ष अगाडी मर्जर सम्झौता गरेको र अहिलेको स्वापमा मर्जरमा जाँदा आफुहरुलाई प्रति कित्ता १० रुपैयाँ घाटा हुने र अन्य विभिन्न कारणले पनि नोक्सानी व्योहोर्नु पर्ने भएकाले पछिल्लो समय हिमालयन बैंकले मर्जरबाट पछाडी हट्ने सकेंत गरेको छ। 

हिमालयन बैंक मर्जरबाट पछाडी हट्दा आफुहरुको मर्जर नीति असफल हुने देखेपछि राष्ट्र बैंकले अहिले हिमालयन बैंकलाई यस्तो सर्त राखेको स्रोतको भनाई छ। 

स्वाप अनुपातमा मात्रै नभई नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा बढी रहेको, विगतमा प्रिमियममा एफपीओ ल्याउँदा त्यसको राजश्व तिर्न बाँकी रहेको विषय महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको,  पछिल्ला वर्षहरुमा आर्थिक प्रगतिमा खस्किएको जस्ता कारणले हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर नचाहेको बताईन्छ। 

प्रिमियम सहित ६ सय १ रुपैंयामा ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपिओ जारी भएको र प्रति कित्ता ५०१ रुपैयाँको ३० प्रतिशतले हिसाब गर्दा झन्डै १ अर्ब ३६ करोड आकर्षित हुने र त्यो रकम मर्जर पश्चात तिर्नुपर्दा हिमालयन बैंकका सेयरधनीलाई ठुलो नोक्सानी हुने देखिन्छ। 

तर हिमालयन बैंकका सेयरधनीहरुलाई घाटा नै हुने भएपनि आफुहरुको मर्जर नीति सफल बनाउनकै लागि भएपनि राष्ट्र बैंकले अहिले यो समयमा सर्त तेर्स्याएको स्रोतको दाबी छ। 

राष्ट्र बैंकका अधिकारिहरुले मौखिक रुपमा तेर्स्याएको सर्त हिमालयन बैंकले लिखित रुपमै माग्ने तयारी समेत गरेको स्रोतले जनाएको छ। लिखित रुपमा नै यस्तो सर्त राख्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आकर्षित हुने भएकाले राष्ट्र बैंकका कर्मचारीहरु लिखित रुपमा सर्त राख्ने अवस्थामा भने नभएको बताइन्छ।

हिमालयन बैंकले गत आर्थिक बर्षबाट आफ्ना सेयरधनीहरुलाई तीन बर्ष यताकै उच्च लाभांश प्रस्ताव गरेको छ। हिमालयन बैंकले २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। 

त्यस्तै मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षबाट आफ्ना सेयरधनीहरुलाई १२.६१ प्रतिशत बोनस सेयर र नगद लाभांश ३.३८ प्रतिशत प्रस्ताव गरेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले भने बार्षिक साधारणसभाबाट स्वीकृति पाईसकेको छ। एनआईबिएलले मङ्सिर १७ गतेको लागि साधारणसभा डाकेको छ।   

3880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका