जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ५ अर्बको ऋणपत्र निष्कासन गर्दै कुमारी बैंक, कति पाइन्छ ब्याज ?

५ अर्बको ऋणपत्र निष्कासन गर्दै कुमारी बैंक, कति पाइन्छ ब्याज ?

कुमारी बैंकले प्रति इकाई १ हजार रुपैयाँका दरले ५ अर्ब रुपैयाँको ५० लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिका लागि ‘१०% केबिएल डिबेन्चर २०९०’ निष्कासन गर्न लागेको हो । यसमा बार्षिक १० प्रतिशत ब्याज पाइने छ ।

ऋणपत्रमा कात्तिक २ देखि १२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा १६ गतेसम्म आवेदन दिन सकिने छ ।

५० लाख इकाई मध्ये ३० लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यस्तै १ लाख इकाई सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

1230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका