जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • विकास बैंकहरुले फागुनमा ब्याजदर घटाउने

विकास बैंकहरुले फागुनमा ब्याजदर घटाउने

विकास बैंकहरुले निक्षेपतर्फको ब्याजदर घटाउने निर्णय गरेका छन् । विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन (डिबान)को आज बसेको बैठकले फागुनका लागि ब्याजदर घटाउने निर्णय गरेको हो ।

डिबानका अध्यक्ष प्रद्युमन पोखरेलले माघ महिनामा कायम ब्याजदरमा फागुनमा ०.२५ प्रतिशत विन्दुले निक्षेप तर्फको ब्याजदर घटाउने निर्णय गरेको बताए।

उनले भने, ‘हालको ब्याजदरमा ०.२५ प्रतिशतको विन्दु घटाउँदै फागुनमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गर्ने निर्णय भएको छ।’

हाल विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका थिए।

तरलता सहज बन्दै गएको अवस्थालाई मध्येनजर गर्दै विकास बैंकका सीइओहरुको बैठकले ब्याजदर घटाएका हुन् ।

 

4620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका