जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नाफामा नेपाल लाइफ र सन नेपाल लाइफको छलाङ

नाफामा नेपाल लाइफ र सन नेपाल लाइफको छलाङ

सञ्चालनमा रहेका सबै जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्मसम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

हाल बीमा बजारमा १८ वटा जीवन बीमा कम्पनीहरुले जीवन व्यवसायको कारोबार गर्दै आएका छन् । पुस ७ गतदेखि एकीकृत कारोबार गरेका सूर्या लाइफले छुट्टै विवरण प्रकाशित गरेका छन् । यस्तै, साविकको ज्योति लाइफले पुस ६ गते सम्मको तथ्यांकमा आधारित भई वित्तीय विवरण सार्वजनिक गरेको जनाएको छ । भने साविकको सूर्या लाइफले वित्तीय विवरण प्रकाशित गरेको छैन ।

जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्यांकनपछि मात्रै वास्तविक नाफा देखिन्छ । यद्यपी बीमाङ्कीय मूल्याङ्कन अघिको वित्तीय विवरणलाई आधार मानेर हेर्दा सबै जीवन बीमा कम्पनीको नाफा बढेको देखिएको छ ।

वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरुमध्ये सन नेपाल लाइफ र नेपाल लाइफले नाफामा फड्को मारेका छन् । अर्थात सबैभन्दा धेरै प्रतिशतले नाफा बढाउने कम्पनीको सूचीमा सन नेपाल लाइफ र नेपाल लाइफ परेका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा गत आवको सोही अवधिको तुलनामा खुद नाफा ३४०.९० प्रतिशतले बढेर ३५ लाख ३९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासको अवधिमा ८ करोड २ लाख ८४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

दोस्रो त्रैमासको अवधिमा नेपाल लाइफले ४४ करोड १ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २३७.२९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १३ करोड ४ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

प्राइम लाइफको नाफा थोरै प्रतिशतले अर्थात ०.२५ प्रतिशतलले बढेको छ । दोस्रो त्रैमासको अवधिमा १७ करोड ४७ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको अवधिमा १७ करोड ४२ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, प्रभु लाइफको खुद नाफा शतप्रतिशतले बढेको छ । दोस्रो त्रैमासको अवधिमा प्रभुले १२ करोड ८२ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०७.१९ प्रतिशतले धेरै हो । गत आवको दोस्रो त्रैमासको अवधिमा इन्स्योरेन्सले ६ करोड १९ लाख १० हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

दोस्रो त्रैमासको अवधिमा रिलायन्स लाइफले १६ करोड ६७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११९.३५ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले ७ करोड ६० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, साविकको ज्योति लाइफले पुस ६ गतेसम्ममा २७ करोड ६८ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । ज्योतिको नाफा गत आवकरो दोस्रैो त्रैमासको अवधिको तुलनामा १०६.६३ प्रतिशतले धेरै हो ।

पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु भएको सूर्य ज्योतिले २८ करोड ४१ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा ८१.४१ प्रतिशतले धेरै हो ।

यस्तै, गुराँस लाइफ, नेशनल लाइफ र आइएमई लाइफको नाफा ५० प्रतिशत भन्दा धेरैले बढेको छ ।

गत आवको सोही अवधिको तुलनामा गुराँसको नाफा ६१.५९ प्रतिशतले बढेर १२ करोड ७५ लाख ५९ हजार रुपैयाँ, नेशनलको नाफा ५७.७० प्रतिशतले बढेर २२ करोड ७३ लाख ७५ हजार रुपैयाँ र आइएमई लाइफको नाफा ५०.९७ प्रतिशतले बढेर ११ करोड ७६ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

मेट लाइफले १४ करोड ५३ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३९.९२ प्रतिशतले कमी हो ।

गत आवको यसै अवधिमा कम्पनीले १० करोड ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

दोस्रो त्रैमासको अवधिमा रिलायबल नेपाल लाइफको खुद नाफा भने २१.९० प्रतिशतले बढेको छ । इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासको अवधिमा २२ करोड रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

महालक्ष्मी लाइफले चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा ७ करोड १८ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको साही अवधिको तुलनामा ३५.३८ प्रतिशतले धेरै हो । गत आवको यसै अवधिमा कम्पनीले ५ करोड ३० लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) को नाफा २८.४२ प्रतिशत, एशियन लाइफको ३२.६२ प्रतिशत, यूनियनको ४७.६१ प्रतिशत, र राष्ट्रिय बीमा संस्थानको १९.५३ प्रतिशतले बढेको छ ।

एलआइसीले यस अवधिमा ९ करोड ८७ लाख ५३ हजार रुपैयाँ, एशियनले १९ करोड १२ लाख ७९ हजार रुपैयाँ, यूनियनले १० करोड ४६ लाख १७ हजार रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले १ करोड २ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

सानिमा लाइफको खुद नाफा २३.६३ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पुससान्तसम्ममा ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ खद नाफा कमाएको छ । गत आवको पुस मसान्सम्ममा कम्पनीले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, सिटिजन लाइफको नाफा ९.१५ प्रतिशतले बढेर १२ करोड ३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको अवधिमा इन्स्योरेन्सले ११ करोड २ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।

1570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?