जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • व्यवसायी दुर्गा प्रसाईंले बैंकको ऋण तिर्ने

व्यवसायी दुर्गा प्रसाईंले बैंकको ऋण तिर्ने

व्यवसायी दुर्गा प्रसाईंले बैंकको ऋण तिर्ने बताएका छन् । २० दिनको मुम्बई र दिल्लीको बसाईपछि आइतबार नेपाल फर्किएका प्रसाईंले आफूले तिर्नुपर्ने बैंकको सबै ऋण तिर्ने बताएका हुन् ।

१३ वर्षको संघर्षपछि सर्वोच्च अदालतले आफूलाई न्याय दिएको बताउँदै प्रसाईंले अब कमाएर सबै बैंकको ऋण तिर्ने बताएका हुन् । ‘मेडिकल कलेज सञ्चालनका लागि सरकारले मलाई सम्बन्धन उपहारमा दिएको होइन, संघर्ष गरेर पाएको हो ।’, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘सम्बन्धन आयो, कलेज चल्छ, म बैंकको ऋण तिर्छु ।’

त्यस्तै, प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्ध दिन आदेश दिएसँगै १३ वर्षदेखि सरकारले दिएको दुःख अन्त्य भएको भन्दै अदालतलाई धन्यवादसमेत दिएका छन् ।

साथै, आफूले बि एण्ड सी मेडिकल कलेज सञ्चालन गर्नका लागि सम्बन्धन पाए पनि आफ्नो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान भने नरोकीने प्रसाईंले बताएका छन् । उनले आफ्नो अभियान अझै सशक्त भएर अघि बढ्ने दाबीसमेत गरेका छन् ।

370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका