जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रचण्डले देउवालाई भने- ‘गृह हामी नै राख्छौँ, अर्थ तपाईं लिनुस्

प्रचण्डले देउवालाई भने- ‘गृह हामी नै राख्छौँ, अर्थ तपाईं लिनुस्

राष्ट्रपतिको चुनावका लागि पूरानै गठबन्धन ब्युँतिएपछि नेकपा एमाले सरकारबाट बाहिरिएको छ भने एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता गरेको छ । यता राप्रपाले पनि सरकार छोडेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले यस अघि नै सरकार छोडेको थियो । यसैबीच नेपाली काँग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँटका विषयमा सल्लाह भएको छ ।

देउवा निकट स्रोतका अनुसार प्रचण्डले देउवालाई गृह आफैंले राख्ने र अर्थ मन्त्रालय काँग्रेसलाई लिन प्रस्ताव गरेका छन् । गृह मन्त्रालय आफुले लिएर जनार्दन शर्मा वा शक्ति बस्नेतलाई गृहमन्त्रालय दिने आफ्नो पार्टीको तयारी रहेको भन्दै प्रचण्डले देउवालाई सोहि अनुसार गर्न आग्रह गरेका थिए । यता देउवाले भने आफ्नो इन्ट्रेष्ट गृह मन्त्रालयमा भएकोले अर्थ माओवादीले राखेर आफुहरुलाई गृह दिन आग्रह गरेका छन् । यसको अन्तिम टुंगो लाग्न भने बाँकी नै छ ।

नेपाली कांग्रेसले अर्थ मन्त्रालय पाएको खण्डमा ज्ञानेन्द्र बहादुर कार्कीलाई अघि सार्ने र माओवादीले अर्थ पाएको खण्डमा शक्ति बस्नेत वा जनार्दन शर्मालाई अघि सार्ने बुझिएको छ ।

1060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका