जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ ।

हुन्डाईल एक्सचेन्ज अफर सुरु गरेको छ । जस अन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आईओएनआईक्युसँग साट्न सक्नेछन् ।

यो एक्सचेन्ज योजनामा कोनाको न्युनतम एक्सचेन्ज मुल्याङ्कन ४० लाख रुपैयाँ कायम गरिएको छ जुन हालसम्मको मुल्याङ्कनमा सबभन्दा बढी भएको कम्पनीले जनाएको छ ।

यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिने कम्पनीले जनाएको छ ।

यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्ट्रिक वा आईओएनआईक्यू ५ को उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द लिन सक्ने कम्पनीले जनाएकव छ ।

नेपालका विद्युतीय सवारी साधनहरुमा हुन्डाई इभीहरु अग्रपंत्तिमा रहेका छन् । यी इभीहरुले विश्वभरका ग्राहकहरुको मन जित्न सफल हुनुका साथै नेपाली बजारमा पनि आफ्नो दरो वर्चस्व कायम गरी सफलता हासिल गरिरहेको कम्पनीको दाबी छ ।
एक्सचेन्ज अफर योजना नेपाल भरिको हुन्डाई सोरुमहरुमा उपलब्ध छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

यस कम्पनीले परिवर्तनशिल नयाँ संरचना मार्फत सवारी साधन बिक्री मात्र नभई देशभर चार्जिङ्ग स्टेसन विस्तार गरी नेपालमा विद्युतीय सवारी साधन चलाउने संस्कृतिको विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

1390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका