जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • लघुवित्तको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैनः राष्ट्र बैंक

लघुवित्तको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैनः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जनाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनासम्बन्धी सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।

लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ। ‘हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन’, राष्ट्र बैंकले भने।

लघुवित्त वित्तीय संस्थाले १५% भन्दा बढी ब्याजदर लिएको भए राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नेछन्। सहकारी, लघुवित्त र फाइनान्स फरक–फरक संस्था भएको र यी संस्थाले दिने सेवा र ब्याजदर फरक–फरक रहेको राष्ट्र बैंकले जनाएको छ।

4070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका