जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सीमित घर घरानाका व्यक्ति र समूहलाई ब्याज तिर्न थप कर्जा बैंक र वित्तिय संस्थाहरुले दिएको खुलासा, बैकिङ्ग प्रणाली थप संकटमा फस्ने संकेतः राष्ट्र बैंक बेखबर ।

सीमित घर घरानाका व्यक्ति र समूहलाई ब्याज तिर्न थप कर्जा बैंक र वित्तिय संस्थाहरुले दिएको खुलासा, बैकिङ्ग प्रणाली थप संकटमा फस्ने संकेतः राष्ट्र बैंक बेखबर ।

नेपालका वाणिज्य बैंकहरु, विकास बैंकहरु, फाइनान्स कम्पनीहरुले घर घरानाका व्यक्ति र समूहलाई शुरुमा कर्जा दिने, कर्जा विग्रेपछि व्याज तिर्न थप कर्जा दिने गरेको खुलासा भएको छ । यसले नेपालको बैकिङ्ग प्रणाली थप संकटमा फस्ने प्रस्टै देखिन्छ भन्दा अब फरक पर्दैन । यसको पुस्टी हालै इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदनबाटै भएको छ भन्दा फरक पर्दैन । नेपालको विग्रिदै बैंकिङ प्रणाली निकै ठूलो दबावमा रहेको एक अध्ययनले देखाएको छ । केही मुठ्ठीभर व्यक्ति र समुहमा मात्रै बैंकहरुले लगानी गरेको भन्दै सार्वजनिक रुपमा आलोचना भइरहेका बेला त्यसलाई सत्य सावित गर्ने गरी अध्ययन रिपोर्ट सार्वजनिक भएको देखिन्छ । नेपालको विश्वसनीय क्रेडिट रेटिङ कम्पनीको रुपमा परिचित इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्राय सबैजसो बैंकहरुले केही निश्चित व्यवसायिक घर घराना र व्यक्तिहरूलाई मात्रै ऋण लगानी गरेका कारण उनीहरू समस्यामा पर्दा बैंकिङ प्रणाली नै थप संकटमा फस्ने चिन्ता सो प्रतिवेदनमा गरिएको छ । हेक्का होस् । बैंकिङ कर्जाको गुणस्तर बिग्रिएको भन्दै कुनै ऋणीलाई अप्ठ्यारो पर्नासाथ त्यसले बैंकहरुको खराब कर्जामा ठूलो वृद्धि देखिन सक्ने सो प्रतिवेदनको निष्कर्ष देखिन्छ । जसमा लेखिएको छ, ‘ यस्तो दबावको संकेत बैंक र वित्तिय संस्थाहरुको खराब कर्जामा देखिन थालेको छ ।’ गर्भनर साब हेक्का होस् ।

व्याज मात्रै तिर्ने ऋणीलाई समेत असल ऋणीका रुपमा बैंकहरुले राख्ने तथा उनीहरूको स्थिति र क्षमताबारे अध्ययन नगर्ने जस्ता कमीकमजोरी बैंकहरुले गरिरहेको प्रतिवेदनमा उल्लेख छ । सहकारीहरूले लगानी गरेका ऋणका कारण आफू कालोसूचीमा परिँदैन भन्ने जानेर ठूला ऋणीहरुले सहकारीको ऋण समेत ठूलो मात्रामा लिइरहेका इक्राको अध्ययनमा प्रस्टै देखिएको छ ।

एक महिना अघिसम्मको तथ्यांकलाई विश्लेषण गर्दै सो प्रतिवेदनमा राष्ट्र बैंकले निकै कडाइ गर्दा समेत कतिपय ऋणको गुणस्तर निकै कमजोर रहेको सो प्रतिवेदनबाटै प्रस्टै देखिन्छ । इक्राको रिर्पोर्टमा बैंकहरुले ऋण लगानी गर्ने क्रममा गरेका कमजोरी नै बैंकिङ क्षेत्रको ठूलो समस्याको रुपमा औल्याएको छ । जसमा ब्याज मात्रै तिर्ने ऋणीलाई समेत ऋण थपिदिने काम बैंकहरुले गरिरहेको, छोटो अवधिका नवीकरणीय ऋण दिएर कतिपय निश्चित व्यापारीलाई सधैँ सहजता उपलब्ध गराएको जस्ता कमजोरीहरू बैंक र वित्तिय संस्थाहरुमा रहेको प्रतिवेदनले औँल्याइएको छ । गर्भनर साब । व्याज मात्रै तिर्ने ऋणीलाई समेत असल ऋणीका रुपमा बैंकहरुले राख्ने तथा उनीहरूको स्थिति र क्षमताबारे अध्ययन नगर्ने जस्ता कमीकमजोरी बैंकहरुले गरिरहेको प्रतिवेदनमा उल्लेख छ । सहकारीहरूले लगानी गरेका ऋणका कारण आफू कालोसूचीमा परिँदैन भन्ने जानेर ठूला ऋणीहरुले सहकारीको ऋण समेत ठूलो मात्रामा लिइरहेका इक्राको अध्ययनमा प्रस्टै देखिएको छ । गर्भनर साब ।

स्मरणीय रहोस् बैंकहरुको खराब कर्जा अहिले निकै नै बढिसकेको छ । यस्तो गर्दा हाल २.६३ प्रतिशतसम्म पुगिसकेको यसअघि सार्वजनिक भएका वित्तीय तथ्यांकमा उल्लेख भएका छन् । बैंकहरुको लापरबाही र कर्जा लगानीमा देखिएको असावधानीले गर्दा बैंकहरुको नाफा मात्र नभएर सम्पूर्ण वित्तीय प्रणाली नै जोखिममा परेको भन्ने सार्वजनिक टिप्पणी भइरहेको बेला इक्राले गरेको यो अध्ययन प्रतिवेदन निकै बढी अर्थपूर्ण मानिएको छ ।

यस सन्दर्भमा सर्वाधिक महत्त्वपूर्ण पक्ष यो छ की बैङ्कहरूका ठूला ऋणीहरू नै सहकारीका समेत ठूला ऋणका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ । यसरी एउटै व्यक्ति तथा समुहमा विभिन्न वित्तीय संस्थाहरूबाट अधिक कर्जा परवाह हुँदा अत्यधिक जोखिम बढेको इक्राको प्रतिवेदनमा उल्लेख छ । भन्दा फरक पर्दैन । स्मरणीय रहोस् बैंकहरुको खराब कर्जा अहिले निकै नै बढिसकेको छ । यस्तो गर्दा हाल २.६३ प्रतिशतसम्म पुगिसकेको यसअघि सार्वजनिक भएका वित्तीय तथ्यांकमा उल्लेख भएका छन् । बैंकहरुको लापरबाही र कर्जा लगानीमा देखिएको असावधानीले गर्दा बैंकहरुको नाफा मात्र नभएर सम्पूर्ण वित्तीय प्रणाली नै जोखिममा परेको भन्ने सार्वजनिक टिप्पणी भइरहेको बेला इक्राले गरेको यो अध्ययन प्रतिवेदन निकै बढी अर्थपूर्ण मानिएको छ । गर्भनर साब हेक्का होस् । यदि यस्ता अध्ययन प्रतिवेदनहरूले औँल्याएका गल्ती र कमजोरीहरु सुधारेर र वित्तीय प्रणालीलाई बलियो बनाउने तर्फ बैंकहरुले नसोच्ने हो भने नेपालको बैकिङ्ग प्रणाली संकटको फस्ने प्रस्टै देखिन्छ । सचेत भया । राजतिलक साप्ताहिकबाट साभार गरिएको

3840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?