जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सले साधारणसभा आह्वान

एनएलजी इन्स्योरेन्सले साधारणसभा आह्वान

एनएलजी इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २० गते काठमाडौँको आम्रपाली ब्यान्क्वेटमा साधारणसभा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १२  गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

साधारण प्रस्ताव : 

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तको वासलात, आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

(४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ. व. २०७८/०७९ को मुनाफाबाट प्रस्तावित बोनस शेयरमा लाग्ने कर रकमको समायोजनका लागि रु. ६९,८२,१८१/- (०.५२६३१५८ प्रतिशत) नगद लाभांश स्विकृत गर्ने ।

विशेष प्रस्ताव :

(१) कम्पनीको अधिकृत पूँजी रु. १.५० अर्बबाट बृद्धि गरी रु. ३ अर्ब पुयाउने ।

(२) सञ्चालक समितिले प्रस्ताब गरे बमोजिम आ.व. २०७८/०७९ को मुनाफाबाट चुक्तापुँजी रु. १,३२,६६,१४,३५५/- (अक्षरेपि एक अर्ब बतीस करोड छैसाठी लाख चौध हजार तीन सय पचपन्न रुपैयाँ) को १० (दस) प्रतिशतको दरले रु. १३,२६,६१,४३६/- (अक्षरेपि तेह्र करोड छबिस लाख एक साठी हजार चार सय छतिस मात्र) बराबर वोनस शेयर वितरण गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

( ३ ) यस सभामा प्रस्तावित बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापुँजी बृद्धि भई रु. १,४५,९२,७५,७९१/- (एक अर्ब पैतालीस करोड बयानब लाख पचहत्तर हजार सात सय एकानब्बे रुपैयाँ) पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्तापुँजी प्रबन्धपत्रको दफा ५ (क) (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (क) (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।

(४) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(५) सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियूक्ती अनुमोदन गर्ने ।

1530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका