जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकको फेसबुक पेज छैन, यसबाट आएको सूचना विश्वास नगर्नु’

राष्ट्र बैंकको फेसबुक पेज छैन, यसबाट आएको सूचना विश्वास नगर्नु’

नेपाल राष्ट्र बैंकले आफुहरुको कुनै पनि फेसबुक पेज नभएको जानकारी दिएको छ । बैंकले बिहिबार एक विज्ञप्ति जारी गर्दै बैंकको कुनै पनि फेसबुक पेज नभएको र यसबाट जारी हुने सूचना विश्वास नगर्ने बैंकले आग्रह गरेको हो ।

बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ- हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आव्हन फेसबुक पेज मार्फत नगरिएको व्यहोरा अनुरोध गर्दै अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने÷गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही हुने ब्यहोरा अनुरोध गर्दै यसरी यस बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनैपनि सूचना प्रबिष्ट नगर्नुहुन सम्पूर्ण फेसबुक प्रयोगकर्ताहरुमा जानकारी गराईन्छ ।

साथै, अनधिकृत रुपमा राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारीहरु पोष्ट गराउनलाई साइबर अबराधसम्बन्धी कानुन बमोजिम कारबाही गरिने बैंकले जनाएको छ ।

 

7770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका