जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनआईसी एशिया बैंकको ३ अर्बको ऋणपत्र आजदेखि बिक्री खुला

एनआईसी एशिया बैंकको ३ अर्बको ऋणपत्र आजदेखि बिक्री खुला

एनआईसी एशिया बैंकको ऋणपत्र आज (असार ६ गते, आइतबार) देखि बिक्री खुला गरिएको छ । एनआईसी एशिया बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आज (असार ६ गते, आइतबार) देखि खुला गरिएको हो । बैंकले असार ६ गतेदेखि ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ निष्काशन तथा बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ । ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी सिङ्गल ए (इस्यूअर) रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।

9315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?