जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु क्यापिटलले सेन्ट जेभियर्स कलेजका विद्यार्थी सेयर बजार ज्ञान प्रदान गर्ने

प्रभु क्यापिटलले सेन्ट जेभियर्स कलेजका विद्यार्थी सेयर बजार ज्ञान प्रदान गर्ने

प्रभु क्यापिटल लिमिटेडले सेन्ट जेभियर्स कलेजका विद्यार्थी सेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने भएको छ।

आज (चैत २२ गते) एक कार्यक्रमबीच प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच यस्तो समझदारी बनेको हो। समझदारीपत्रमा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर डा. अगस्टिन थोमस एसजेले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा प्रभु क्यापिटलका तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र  श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजका तर्फबाट उपप्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख महप्रसाद श्रेष्ठको उपस्थिति थियो।

समझदारीबमोजिम प्रभु क्यापिटलले सेन्ट जेभियर्स कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापनसहित पुँजीबजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्नेछ। विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो सहकार्य गर्ने सम्बन्धमा समझदारी बनेको क्यापिटलले जनाएको छ।

सम्झौताअनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थी र कर्मचारीलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने र विद्यार्थीको आवश्यकताबमोजिम पुँजीबजारसम्बन्धी सामान्य, आधारभूत तथा प्राविधिक विश्लेषणसम्बन्धी ज्ञान प्रदान गर्नेछ।

4620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका