जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकले पायो रु. ३ अर्बको ऋणपत्र ल्याउने अनुमति, ब्याज कति ?

सिटिजन्स बैंकले पायो रु. ३ अर्बको ऋणपत्र ल्याउने अनुमति, ब्याज कति ?

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन्स बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो।

अब सिटिजन्स बैंकले ‘सिटिजन्स बैंक बन्ड–२०८०’ जारी गर्नेछ। बैंकले यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ।

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ता वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

सिटिजन्स बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

3630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका