जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • हाइ प्रोफाइल व्यक्तिहरुबाटै सञ्चालन गरिएका करिब १ सय सहकारीबाटै बचतकर्ताहरुको ३० अर्ब भन्दा बढि रकम डुब्यो, बचतकर्ताहरुको रुवाबासी सयौं सञ्चालकहरु फरार: नयाँ अर्थमन्त्री बेखबर !

हाइ प्रोफाइल व्यक्तिहरुबाटै सञ्चालन गरिएका करिब १ सय सहकारीबाटै बचतकर्ताहरुको ३० अर्ब भन्दा बढि रकम डुब्यो, बचतकर्ताहरुको रुवाबासी सयौं सञ्चालकहरु फरार: नयाँ अर्थमन्त्री बेखबर !

केही दिन अगाडी राजधानीमा ६६ औं राष्ट्रिय सहकारी दिवस बचतकर्ताहरुले मन बाँधेर मनाउन बाध्य भए भन्दा अब फरक पर्दैन । यति बेला लाख होइन लाखौं लाख बचतकर्ताहरुको बचत डुवाएर सहकारी संस्थाहरुका सञ्चालकहरु फरार छन् । पाँचहजारको चेक सहकारी संस्थाबाट सटिन छाडेको छ । भन्दा अन्यथा नहोला । कुनै जमानामा सहकारी संस्थाहरुको मानमर्यादा मात्रै थिएन । गरिबलाई धनी बनाउन व्यापार व्यवसाय गर्न सहकारी देउता सरह मानिन्थ्यो । तर, आज सहकारी संस्था जनताकै लागि अभिश्राप बनेका छन् । भन्दा अब कति पनि डराउनु पर्दैन । यो सहकारी संस्थाहरुको चर्को ठगी धन्दाबाटै पुष्टी भएको छ । हाइ प्रोफाइल व्यक्तिहरुबाटै सञ्चालन गरिएका करिब १०० वटा सहकारी संस्थाहरुबाटै बचतकर्ताहरुको ३० अर्ब भन्दा बढि बचत डुबेको भेटिएको छ । भनिन्छ सहकारी व्यवस्थापन समितिमा समस्याग्रस्त घोषणा भएका दर्जनौ सहकारी संस्था छन् ।

अपार्टमेन्ट र हाउजिङ परियोजनामा ८ हजार बचतकर्ताको ४ अर्ब रुपैयाँ जति आफूखुशी लगानी गरेका सुधिर बस्नेत अन्ततः समस्यामा परे । २०६६ सालमा घरजग्गा व्यवसायमा मन्दी आउँदा बस्नेत क्रमशः ओरालो लाग्दै गए । अहिले उनी जेलसम्म पुगे भन्दा फरक पर्दैन । सहकारी संस्था मार्फत बचतकर्ता डुबाउने अर्का ‘हाई प्रोफाइल’ व्यक्ति हुन् व्यवसायी इच्छाराज तामाङ । उनी अध्यक्ष रहेको सिभिल बचत तथा ऋण सहकारीमा २ हजार ७ सय बचतकर्ताले ७ अर्ब बढी रकम निक्षेपमा राखेका थिए ।

भनिन्छ सानो रकम दावी परेका केही सहकारीले दावी अनुसार रकम फिर्ता पाए पनि ठूलो रकम दावी परेका सहकारीले रकम फिर्ता गर्न सकेको अवस्था अझै छैन । उनीहरुका सम्पत्ति रोक्का राखिएको छ । कतिपय सहकारीका कागजात नै फेला नपर्दा सहकारी व्यवस्थापन समितिले पनि काम गर्न सकेको देखिदैन । हाइप्रोफाइका व्यक्तिले नै चलाएका सहकारीमा बढी समस्या देखिएको छ । झण्डै १०० सहकारीका ३० अर्बभन्दा बढी रकम यसरी दुरुपयोग भएको भन्दै उजुरी नै परेको भेटिएको छ । नेपालमा सञ्चालनमा आएका सहकारीहरुको नियमन फितलो हुँदा सञ्चालकहरुले बचतकर्ताबाट सङ्कलन गरेको बचत रकम आफूखुसी लगानी गर्दा समस्या सिर्जना भएको हो भन्दा अब फरक पर्दैन ।
२०५३ सालमा स्थापना भएको ओरिएन्टल सहकारीका सञ्चालक थिए सुधीर बस्नेत उनीले बचतकर्ताबाट सङ्कलन गरेको रकम रियलस्टेटमा लगानी गरे ।

अपार्टमेन्ट र हाउजिङ परियोजनामा ८ हजार बचतकर्ताको ४ अर्ब रुपैयाँ जति आफूखुशी लगानी गरेका सुधिर बस्नेत अन्ततः समस्यामा परे । २०६६ सालमा घरजग्गा व्यवसायमा मन्दी आउँदा बस्नेत क्रमशः ओरालो लाग्दै गए । अहिले उनी जेलसम्म पुगे भन्दा फरक पर्दैन । सहकारी संस्था मार्फत बचतकर्ता डुबाउने अर्का ‘हाई प्रोफाइल’ व्यक्ति हुन् व्यवसायी इच्छाराज तामाङ । उनी अध्यक्ष रहेको सिभिल बचत तथा ऋण सहकारीमा २ हजार ७ सय बचतकर्ताले ७ अर्ब बढी रकम निक्षेपमा राखेका थिए । तर, तामाङले पनि सुधिर बस्नेतकै ‘स्टाइल’मा बचतकर्ताबाट सङ्कलित रकम घरजग्गामा खन्याए । घरजग्गा कारोबारमा मन्दी आएपछि इच्छाराज तामाङ क्रमशः घाटामा आउन थाले । फलतः उनले सिभिल सहकारीका सदस्यलाई डुबाए । अहिले उनी जेलमै छन् ।

कान्तिपुर, देउराली, शिवशिखर र तुलसी सहकारी पनि ‘प्रभावशाली’ व्यक्तिहरुबाटै चलाइएका थिए । तर, यी सहकारी पनि अहिले बचतकर्ताको रकम डुबाउने लिष्टमा छन् । तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारत गएर बसेका छन् । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको देखिन्छ । कुनै बेला सहकारी क्षेत्रमा एकछत्र राज गरेका व्यक्ति हुन् राजेन्द्र शाक्य । तत्कालीन किष्ट बैंकको सञ्चालक समिति अध्यक्ष बनेका उनी चर्चित घरजग्गा व्यवसायी पनि थिए । दर्जन बढी कम्पनी सम्हालेका उनले गुण कोअपरेटिभ चलाउँथे । घरजग्गाबाट रातारात राम्रो आम्दानी हुन थालेपछि उनले लगानीको दायरा विस्तार गर्दै लगे । गुण एयरलाइन्स पनि खोले । बिचमा बन्द भएको यो एयरलाइन्स अहिले पुनः संकटमा छ ।

हाइ प्रोफाइलका सञ्चालक रामबहादुर गौतमले आफूखुशी बचतकर्ताको रकम घरजग्गामा जथाभावी लगानी गर्दा कुलेश्वरको गौतमश्री सहकारी पनि बचतकर्ताको पैसा फिर्ता दिनै नसक्ने अवस्थामा पुगेको छ । १५ सय बचतकर्ताको २ अर्ब बढी रकम गौतमले हिनामिना गरेको भेटिएको छ । अर्थमन्त्रीज्यू यसतर्फ हेक्का होस् । कान्तिपुर, देउराली, शिवशिखर र तुलसी सहकारी पनि ‘प्रभावशाली’ व्यक्तिहरुबाटै चलाइएका थिए । तर, यी सहकारी पनि अहिले बचतकर्ताको रकम डुबाउने लिष्टमा छन् । तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारत गएर बसेका छन् । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको देखिन्छ । कुनै बेला सहकारी क्षेत्रमा एकछत्र राज गरेका व्यक्ति हुन् राजेन्द्र शाक्य । तत्कालीन किष्ट बैंकको सञ्चालक समिति अध्यक्ष बनेका उनी चर्चित घरजग्गा व्यवसायी पनि थिए । दर्जन बढी कम्पनी सम्हालेका उनले गुण कोअपरेटिभ चलाउँथे । घरजग्गाबाट रातारात राम्रो आम्दानी हुन थालेपछि उनले लगानीको दायरा विस्तार गर्दै लगे । गुण एयरलाइन्स पनि खोले । बिचमा बन्द भएको यो एयरलाइन्स अहिले पुनः संकटमा छ । तर, २०६६ मा नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायमा कडाइको नीति ल्यायो । त्यसपछि घरजग्गामा मन्दी आयो । सहकारीको पैसा घरजग्गामा लगानी गरेका उनले घरजग्गामा मन्दी आएपछि बचतकर्ताको ५ अर्ब बढी पैसा तिर्न सकेनन् । उनी फरार भए ।

बचतकर्ताको रकम फिर्ता गर्न नसकेकै कारण संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट लगायत अन्य सञ्चालक फरार भए । संस्थाको ५ अर्ब बढी रकम जोखिममा पर्यो । सो सहकारीमा पनि रामबहादुर र उनकी श्रीमती निर्मला खत्री गौतमको एकलौटी निर्णय चल्थ्यो । रामबहादुरको पनि घरजग्गामा पैसा डुबेपछि बचतकर्ताको पैसा फिर्ता गर्न सकेनन् । केही समय फरार रहेका उनी माहोल केही साम्य भएपछि नेपाल फर्किए र बचतकर्तालाई पैसा फिर्ता गर्ने प्रतिवद्धता गरे ।

गत साउनमा कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी पनि ठूलो संकटमा पर्यो । बचतकर्ताको रकम फिर्ता गर्न नसकेकै कारण संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट लगायत अन्य सञ्चालक फरार भए । संस्थाको ५ अर्ब बढी रकम जोखिममा पर्यो । सो सहकारीमा पनि रामबहादुर र उनकी श्रीमती निर्मला खत्री गौतमको एकलौटी निर्णय चल्थ्यो । रामबहादुरको पनि घरजग्गामा पैसा डुबेपछि बचतकर्ताको पैसा फिर्ता गर्न सकेनन् । केही समय फरार रहेका उनी माहोल केही साम्य भएपछि नेपाल फर्किए र बचतकर्तालाई पैसा फिर्ता गर्ने प्रतिवद्धता गरे । अहिले उनी बचत फिर्ता गर्न संघर्ष गरिरहेका छन् । तर, उनको व्यवसायिक जीवनमा भने कहिल्यै नमेटिने र कसैले नबिर्सिने धब्बा लागिसकेको देखिन्छ । भन्दा फरक पर्दैन । शिवशिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष सुशिल बानियाँ, लालिगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरत महर्जनमाथि पनि बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ । यी नाम कमाएको सहकारी भित्र पदर्थे भन्दा फरक पर्दैन ।

सञ्चालकले सहकारीमा मनपरी गरिरहँदा पनि त्यसको पत्तो पाउने संयन्त्र विकास हुन सकेको अझै देखिदैन । सहकारी क्षेत्रको नियामक सहकारी विभाग समस्या सुनेर सुत्ने निकाय जस्तो बनेको छ । सहकारीका सञ्चालकले मनलाग्दी सहकारीबाट आफ्नो नाममा ऋण लिने, जग्गा प्लटिङ गरेर बिक्री गर्ने काम गरेको विषय नौलो होइन । यस विषयमा विभाग राम्रोसँग जानकार छ । तर, समस्या नसुनेझैं गर्ने बानी विभाग पुरानै बानीबाट बाहिर आउन सकेको छैन ।

भनिन्छ अहिले सहकारीमा आफै सञ्चालक र आफै ऋणी बन्दा समस्या सिर्जना भएको धेरैको बुझाइ छ । सञ्चालकले सहकारीमा मनपरी गरिरहँदा पनि त्यसको पत्तो पाउने संयन्त्र विकास हुन सकेको अझै देखिदैन । सहकारी क्षेत्रको नियामक सहकारी विभाग समस्या सुनेर सुत्ने निकाय जस्तो बनेको छ । सहकारीका सञ्चालकले मनलाग्दी सहकारीबाट आफ्नो नाममा ऋण लिने, जग्गा प्लटिङ गरेर बिक्री गर्ने काम गरेको विषय नौलो होइन । यस विषयमा विभाग राम्रोसँग जानकार छ । तर, समस्या नसुनेझैं गर्ने बानी विभाग पुरानै बानीबाट बाहिर आउन सकेको छैन । सरकारले वि.सं. २०७० सालमा समस्याग्रस्त सहकारी संस्थाको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।

अहिले पुनः विभागले कार्यदल गठनका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको भेटिएको छ । अहिले घरजग्गामा एक किसिमको मन्दी आएकै कारण सहकारीहरु समस्यामा परेका हुन् । घरजग्गमा परेको प्रभावको प्रत्यक्ष असर सहकारीमा परेको हो । किनकी सहकारीको ९० प्रतिशतसम्म रकम सञ्चालकहरुले घरजग्गामा लगानी गरेका छन् । तर, ती सहकारीलाई उचित कारवाही गर्ने मामिलामा विभाग मौन देखिन्छ ।

सो समितिले बचकर्ताको बचत फिर्ता गरी सर्वसाधारणको आर्थिक जीवनको सुरक्षा गर्ने उपाय र यस्ता समस्या दोहरिन नदिन आवश्यक नीतिगत सुझाव पेश गरेको भेटिएको छ । उक्त समितिले सञ्चालक र उनीहरूका आफन्तलाई बिना धितो र कमसल धितोमा कर्जा प्रवाह रोक्नुपर्ने सुझाव पनि दिएको थियो । तर, त्यो समितिले दिएका सुझावहरु सुझावमै सीमित बने । समितिले औंल्याएका समस्याहरुमा विभाग न सिरियस बन्न सक्यो नत सहकारीकर्मीहरु, परिणामस्वरुप त्यस्ता समस्याहरु पुनः दोहोरिए । अहिले पुनः विभागले कार्यदल गठनका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको भेटिएको छ । अहिले घरजग्गामा एक किसिमको मन्दी आएकै कारण सहकारीहरु समस्यामा परेका हुन् । घरजग्गमा परेको प्रभावको प्रत्यक्ष असर सहकारीमा परेको हो । किनकी सहकारीको ९० प्रतिशतसम्म रकम सञ्चालकहरुले घरजग्गामा लगानी गरेका छन् । तर, ती सहकारीलाई उचित कारवाही गर्ने मामिलामा विभाग मौन देखिन्छ । नयाँ अर्थमन्त्री डा.प्रकाश शरण महत बेखबर छन् भन्दा अब फरक पर्दैन । जे भएपनि नयाँ सरकार नयाँ अर्थमन्त्री डा. महतले सहकारी संस्थाहरुको बेथितीलाई बुझेर लाखौंलाख जनताको बचत फिर्ता गर्ने वातावरण अब बनाउन जरुरी देखिन्छ । सचते भया ।

3885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका