जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेललाई पितृशोक

सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेललाई पितृशोक

सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेललाई पितृशोक परेको छ।

सीईओ पोखरेलका पिता खेटराज उपाध्यायको शनिबार राति उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा निधन भएको हो। उनी ८७ वर्षका थिए।

उपाध्यायको पार्थिव शरीर आइतबार बिहान स्थानीय बबईमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएका छन्। उपाध्यायका ३ छोरा र २ छोरी छन्। पत्नी दुर्गादेवी उपाध्यायको ३ वर्षअघि नै निधन भइसकेको छ।

उपाध्याय गुलरियास्थित बगलामुखी मन्दिर ब्यवस्थापन समितिमा ४ दशकभन्दा बढी अध्यक्ष पदमा रहेका थिए। उपाध्यायको बगलामुखी मन्दिर पुनर्निर्माण, जग्गा प्राप्ति, मन्दिर व्यवस्थापनलगायत धार्मिक प्रवर्द्धनको क्षेत्रमा अतुलनीय योगदान रहेको छ। उनको निधनले टोलवासी स्तब्ध र मर्माहत बनेका छन्।

3240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका