जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन: व्यावसायिक जीवनमा अर्को सफलता

महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन: व्यावसायिक जीवनमा अर्को सफलता

व्यवसायमा सक्रिय भएको ३५ वर्षपछि र नेपाल उद्योग वाणिज्य महासंघमा प्रवेश गरेको २१ वर्षपछि उद्यमी अन्जन श्रेष्ठले महासंघको सर्वोच्च पद सुनिश्चित गरेका छन् । बिहीबार भएको मतदानमा ३८ प्रतिशत मतभार प्राप्त गरेर वरिष्ठ उपाध्यक्षको दौडमा अगाडि रहेका श्रेष्ठ दोस्रो चरणको मतदानअगावै सर्वसम्मत सो पदमा पुगेका हुन् ।

चन्द्रप्रसाद ढकालको तीन बर्से कार्यकालमा उनी ‘प्रेसिडेन्ट इन वेटिङ’का रुपमा वरिष्ठ उपाध्यक्षको भूमिकामा रहनेछन् । श्रेष्ठ तीन वर्षपछि स्वत: अध्यक्ष बन्नेछन् । २०४५ सालबाट व्यवसायमा सक्रिय श्रेष्ठ १४ वर्षपछि २०५९ सालमा महासंघ प्रवेश गरेका थिए ।

महासंघमा कार्यसमिति सदस्यका रुपमा श्रेष्ठ प्रवेश गर्दा निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थाको नेतृत्व कुशकुमार जोशीले गरिरहेका थिए । त्यसबेला उनले राजस्व समिति, उद्योग समिति र रोजगारदाता परिषदमा रहेर आफ्नो जिम्मेवारी निभाए ।

महासंघमा ब्रान्डिङ समितिका संयोजक, कर तथा राजस्व समितका संयोजक, रोजगारदाता परिषदका सदस्य र उद्योग समितिका अध्यक्षका रुपमा उनले कुशलतापूर्वक भूमिका निभाएका छन् ।

२०७७ देखि वस्तुगततर्फका उपाध्यक्ष रहेका श्रेष्ठ महासंघको ५७औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष बनेका छन् । देश आर्थिक संकटको भूमरीमा फस्दै गरेका बेला उनी निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थाको नेतृत्व तहमा पुगेका छन् ।

श्रेष्ठ लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक हुन्, जसले ३ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । लक्ष्मी ग्रुपका डेरी उद्योग, स्टिल उद्योग र प्लास्टिक उद्योग सञ्चालनमा छन् । यो ग्रुपले हुन्डाई गाडीमार्फत नेपालमा अटो व्यवसाय गरिरहेको छ । होटल र हस्पिटल क्षेत्रमा पनि लक्ष्मी ग्रुपको लगानी छ ।

1080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?