जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अन्तरबैंक ब्याजदर १००% बढीले बढ्यो

अन्तरबैंक ब्याजदर १००% बढीले बढ्यो

दुई साताको अवधिमा अन्तरबैंक ब्याजदर सतप्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुन १ गते अन्तरबैंक ब्याजदर बढेर ८.५ प्रतिशत पुगेको छ। गत माघ १६ गते अन्तरबैंक ब्याजदर ४.०९ प्रतिशतमात्रै थियो।
अन्तरबैंक ब्याजदर बढ्नुले बैंकिङ प्रणालीमा तरलतामा कमीको संकेत गर्ने राष्ट्र बैंकले जनाएको छ । फागुन १ गतेसम्म बैंकहरु औसत सीडी रेसियो ८६.३१ प्रतिशत रहेको छ। गत माघ १६ गते औसत सीडी रेसियो ८६.४६ प्रतिशत थियो।

फागुन १ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५३ खर्ब ८२ अर्ब रुपैयाँ रहेको छ। गत माघ १६ गतेसम्म कुल निक्षेप ५३ खर्ब ६१ अर्ब रुपैयाँ थियो। यो हिसाबले यो १५ दिनको अवधिमा निक्षेप पनि २१ अर्ब रुपैयाँले बढेको छ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको छ। गत माघ १६ गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा फागुन १ गतेसम्म बढेर ४८ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।

4330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका