जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • वर्ष २०७९ः बैंकवित्तले सबैभन्दा बढी असुरक्षित महसुस गरेको वर्ष

वर्ष २०७९ः बैंकवित्तले सबैभन्दा बढी असुरक्षित महसुस गरेको वर्ष

सो क्रममा वित्तीय संस्थाका कर्मचारीहरूमाथि कालोमोसो दल्ने, धरपकड गर्ने, सांघातिक आक्रमण र कार्यालयमै तालाबन्दी समेत कार्य भए । वित्तीय संस्थाका कर्मचारीमाथि दिनदहाडै आक्रमण भयो । जसका कारण यो वर्ष बैंकवित्तका कर्मचारीले बढी असुरक्षित महासुस गरेको वर्षका रुपमा लिन सकिन्छ ।

बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि दुर्व्यवहार गर्नेजस्ता अराजक गतिविधिमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं लागे । तथाकथित सावाँब्याज मिनाहाको ‘महाअभियान’ चल्यो । छिटफुट रुपमा यसअघि पनि हुने गरे पनि अहिले प्रसाईंको अभियानपछि ह्वात्तै बढेको छ। प्रसाईंले २० लाखसम्मको कर्जा मिनाहा गर्नुपर्ने भन्दै मान्छे उचाल्न सुरु गरेका थिए । त्यसयता पनि प्रसाईंका अराजक गतिविधि रोकिएका छैनन्। बैंक तथा वित्तीय संस्थाहरुले उद्यम व्यवसाय गर्नको लागि भनेर दिएको पैसाको भाखा नाघेपछि तिर भन्दा आक्रमण भएको छ ।

वि.स २०७९ मा बैंक, लघुवित्त, सहकारीले सबैभन्दा बढी असुरक्षित महसुस गरेको वर्षका रुपमा लिन सकिन्छ । विभिन्न व्यक्ति र समूहहरुबाट विभिन्न नाममा उनीहरुलक्षित सांघातिक आक्रमणका घटनाहरु भए । जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्कीलगायत आधा दर्जन बढी जिल्लामा यी घटना घटे ।

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका