जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एनएमबि बैंकले चितवनको फलफूल तथा तरकारी बजारमा शुरु गर्यो क्यूआर कोडमार्फत भुक्तानी सेवा

एनएमबि बैंकले चितवनको फलफूल तथा तरकारी बजारमा शुरु गर्यो क्यूआर कोडमार्फत भुक्तानी सेवा

एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवन क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानी शुरु गरेको छ । एनएमबि बैंकको वागमति प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवनका व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रदेश ३ का क्षेत्रीय प्रमुख दुर्गा राम पूरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन एनएमबि बैंक, नारायणगढ, लायन्स चोक शाखा प्रमुख विवेक अधिकारीले गरेका थिए ।

उक्त कार्यक्रममा महानगर फलफूल तथा थोक व्यवसायी संघका निवर्तमान अध्यक्ष एवं महानगर फलफूल तथा तरकारी बजारका प्रवन्धक निर्देशक थिर प्रसाद धिताल प्रमुख आतिथ्यता गर्दै मन्तव्य राखेका थिए । त्यस्तै, प्रदेश प्रमुख गणेश पराजुलीले धिताललाइ क्यूआर कोड हस्तान्तरण गरिएको थियो ।

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।

यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध रहने बागमती प्रदेश प्रमुख पराजुलीले बताए ।

3870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका