जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिटिजन लाइफको कूल बीमा शुल्क आर्जन १७८ प्रतिशतले बढ्यो

सिटिजन लाइफको कूल बीमा शुल्क आर्जन १७८ प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आर्जन १७८ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको हो । त्यस्तै पुरानो बीमा पोलिसीको नविकरण मार्फत एक अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको हो । कम्पनीले प्रथम र नविकरण सहित जम्ममा तीन अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कोरोना महामारीको विषम परिस्थितिमा पनि कम्पनीले राम्रो सुधार गर्न सफल भएको हो । हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीद्ये उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृत्ट सेवा प्रदान गर्ने पौडेलले प्रतिवद्धता व्यक्त गरेका छन् । नयाँ आर्थिक वर्षमा कम्पनीले थप उर्जाका साथ उच्च लक्ष्य लिएर बढ्ने उनले जनाए ।

 

5730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका