जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सनराइज बैंकको हेल्थ केयर कार्ड शुरु

सनराइज बैंकको हेल्थ केयर कार्ड शुरु

उपचारको सिलसिलामा भारतको विभिन्न अस्पतालहरुमा जाने नेपाली ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै यस सनराइज बैकले हेल्थ केयर कार्ड शुरु गरेको छ ।

उक्त डेविट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा पि.ओ.एसबाट भुक्तानि गर्दा सामान्य डेविट कार्डको भन्दा बढि रकमको भुतmानिको सुबिधा प्रयोग गर्न सक्नेछन् ।

साथै सनराइज हेल्थ केयर कार्ड प्रयोग गरि भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरुमा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सकिनेछ । यस बाट ग्राहक वर्गलाई थप लाभान्वित हुने आशा बैकले लिएको छ ।

हेल्थ केयर कार्ड लिनको निम्ति उपचारको लागि जान चाहेको भारतको अस्पताको बिवरण र डाक्टरको सिफारीस वा अन्य जानकारीको कागजपत्र बैकमा पेश गनु पर्नेछ ।

यदि कुनै सिफारीस वा थप अन्य जानकारीको कागजपत्र नभएको अवस्थामा पनि उतm कागजपत्रहरm उपचार पस्चात दिने शर्तमा हेल्थ केयर कार्ड लिन पनि सकिने छ । साथै हेल्थ केयर कार्ड विरामी आफै उपस्थित हुन नसकेको अवस्थामा विरामीको नजीकको नातेदारको नाममा पनि जारी गर्न सकिने छ ।

यसका साथै सन्राइज बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरmले अस्पताल भर्ना भइ स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चस, बढीमा १ लाख रmपैँया वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् ।

बिगतका योजना अनुसार बर्षमा एक चोटी बिमा दाबी गर्न सकिन्थ्यो भने चैत्र १, २०७५ सालदेखि ग्राहकको सुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बिमा दाबी गर्न सक्ने योजना अगाडी ल्याइएको छ ।

साथै सन्राइज बैंकका बचतकर्ताहरmले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहरmमा २० प्रतिशतसम्म छुट दिदै आएको छ ।

5645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका