जोडिनुहोस
बुधबार, अशोज १४, २०७७
बुधबार, अशोज १४, २०७७
  • होमपेज
  • पहिलो पटक दराजबाट सार्वजनिक भयो अपाचे आटिआर १६० फोरभी

पहिलो पटक दराजबाट सार्वजनिक भयो अपाचे आटिआर १६० फोरभी

टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे आटिआर १६० फोरभीको सिंगल डिस्क भेरियन्ट आज मंगलबार साउन २० गते दराज एप मार्फत सार्वजनिक गरेको छ । कम्पनीले यसअघि डबल डिस्कमा मात्रै बिक्री गर्दै आएको आटिआर १६० फोरभी अब सिंगल डिस्कमा पनि उपलब्ध गराएको हो ।

जगदम्बा मोटर्स सधै आफ्ना ग्राहकलाई विभिन्न रेञ्जमा मोटरसाइकल उपलब्ध गराउन प्रतिबद्धता रहँदै आएको छ । यस्तोमा कम्पनीले नयाँ भेरियन्टमा आटिआर १६० फोरभीलाई बजारमा उतारेको हो । नयाँ उत्पादनमा आटिआर १६० फोरभी डबल डिस्क जस्तै सम्पूर्ण फिचरहरु उपलब्ध रहेको छ । सिंगल डिस्कमा पछाडि चक्कामा भने ड्रम ब्रेक दिइएको छ ।

दराजले चलाई रहेको ‘दराजले महाबचत योजना’ सकिए लगतै नयाँ आटिआर १६० फोरभी सिंगल डिस्क सार्वजनिक गरिएको हो । नेपालमा नै पहिलो पटक कुनैपनि कम्पनीले आफ्ना उत्पादनको सुरुवात नै डिजिटल प्ल्याटफर्म मार्फत गरेको यो पहिलो पटक हो ।

‘हामीले दराजको महा बचत योजनामा आटिआर १६० फोरभी को सिंगल डिस्क भेरियन्ट सार्वजनिक गरेका छौं । अहिले कोभिड १९ को कारण सामाजिक दुरी कायम गर्दै अगाडि बढ्नु पर्ने भएकाले यसको लञ्चिङ नै डिजिटल प्ल्याटफर्मबाट गर्न उचित हुने लागेर दराज मार्फत नै बिक्री सुरु गरेका हौं’, जगदम्बा माटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भन्नु भयो ।

उहाँले दराजबाट आटिआर १६० फोरभी मोटरसाइकल किन्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने जानकारी दिदै भन्नुभयो, ‘यसले ग्राहकलाई पनि फाइदा पुग्ने र अहिलेको समयमा ग्राहकले पनि घरमा नै बसेर आफ्नो लागि मोटरसाइकल किन्न सक्ने भएकाले दराजलाई उपयुक्त थलोको रुपमा छनोट गरेका हौ । दराजमा यो योजना ७ दिनको लागि रहने छ ।’

कम्पनीले साउन ८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा नै आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकेको छ ।
आटिआर १६० फोरभीलाई दराज एप मार्फत खरिद गर्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने छन् । मोटरसाइकलको छुटपछिको मूल्य २ लाख ५८ हजार ९०० रुपैयाँ हुने छ । तर, यसको आधिकारीक मूल्य भने २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ ।
आटिआर १६० फोरभीमा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । टीभीएसको रेसिङ डिएनएबाट प्रेरित रहेको आटिआर १६० फोरभीले आफ्नो विरासतलाई कायम राख्न सकेको छ । टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

आटिआर १६० फोरभीमा रहेको १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ, आयल कुल्ड इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।
यस मोटरसाइकलमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । आकर्षक हेडल्याम्पको साथमा आएको यो मोटरसाइकलमा डेटाइम रनिङ लाइट उपलब्ध रहेको छ । यसलाई कम्पनीले तीन कलर अप्सनमा बजारमा उतारेको छ । जसमा मेटालिक व्ल्यू, रेसिङ रेड र काइनाइट व्ल्याक कलर रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका