जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सामसङ इनोभेसन क्याम्पसका विद्यार्थीको पहिलो ब्याचको कोडिङ र प्रोग्रामिङ कोर्सको समापन

सामसङ इनोभेसन क्याम्पसका विद्यार्थीको पहिलो ब्याचको कोडिङ र प्रोग्रामिङ कोर्सको समापन

सामसङको फ्ल्यागसिप सीएसआर प्रोग्राम सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङअन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरुको कोडिङ र प्रोग्रामिङको कोर्स समाप्त भएको छ। प्रोग्रामअन्तर्गत अर्को ब्याचका विद्यार्थीहरुले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन्।

विद्यार्थीहरुलाई कोर्स पुरा गरेको प्रमाणपत्र प्रदान गरिएको समारोहमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, सामसङको दक्षिण–पश्चिम एसियाको नेपाल कार्यालयका प्रमुख सुङ जुन पार्क र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डिन डा. शशिधरराम जोशीको उपस्थिति थियो।

‘विद्यार्थीहरुको उत्सुक सहभागिता र विश्वविद्यालयबाट ठुलो सहयोगको साथ हाम्रो कोडिङ र प्रोग्रामिङ कोर्सको पहिलो ब्याच पूरा गर्न पाउँदा हामी धेरै उत्साहित छौँ। हामी प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटसँग भविष्यका प्राविधिक आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र बिग डाटा डोमेनहरुमा विद्यार्थीहरुलाई उन्नत बनाउनका लागि दीर्घकालीन साझेदारीको अपेक्षा गर्दछौँ। हाम्रो उद्देश्य सधैँ सक्षम नेपाली युवाहरुलाई भविष्यका लागि राम्रोसँग अनुकूल बनाउनु र नेपालको बढ्दो अर्थतन्त्रमा विशेषगरी आविष्कार र प्रविधिको सन्दर्भमा योगदान पुर्याउने रहेको छ’, सामसङ दक्षिण–पश्चिम एसियाको नेपाल कार्यालयका प्रमुख सुङ जुन पार्कले भने।

सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो। यस कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा, कोडिङ र प्रोग्रामिङ जस्ता प्राविधिक सीपहरुमा तालिम दिने योजना गरेको थियो। जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउनेछ।

कोर्सहरुका लागि छनोट हुनका लागि एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान हुनु पूर्वसर्तहरु रहेका छन्।

कोर्सको एक भागका रुपमा युवाहरुलाई वास्तविक रोजगारीको सीपहरु र मागअनुसारको प्राविधिक सीपहरु प्रदान गरिनेछ। जसले उनीहरुको डिजिटल साक्षरता, सिक्ने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार ल्याउनेछ।

‘नेपालमा यो प्रतिष्ठित कोर्स सञ्चालन गर्न पाउँदा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ प्रशंसित छ। यो हाम्रा विद्यार्थीहरुको विकास र उत्थानका लागि सहायक हुनेछ। हामीले कोडिङ र प्रोग्रामिङ कोर्स पूरा ग¥यौँ जसका लागि हामी निक्कै आभारी छौँ। त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा यो कोर्स सञ्चालन गरेकोमा सामसङलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु’, त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डिन डा. शशिधरराम जोशीले भने।

प्राविधिक प्रशिक्षणको साथसाथै यस कोर्सले विद्यार्थीहरुको रोजगारी र उनीहरुको ज्ञानलाई प्रयोगमा ल्याउने क्षमता बढाउनका लागि उनीहरुलाई सफ्ट स्किल तालिम पनि प्रदान गरिएको छ। यसले समस्या समाधान गर्ने क्षमताहरुलाई पनि निखार्छ जसले विद्यार्थीहरुलाई नवीन विचारकर्ता बन्न सक्षम बनाउँछ।

इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङ इनोभेसन क्याम्पसअन्तर्गत प्रस्तावित कोर्सहरुको एक भागका रुपमा विद्यार्थीहरुले प्राक्टिकल प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नुपर्नेछन्। यसमा विद्यार्थीहरुलाई सामाजिक महत्त्वका प्रोजेक्टहरु प्रस्तुत गर्न चुनौती दिइनेछ। जसमा एआई, बिग डाटा, कोडिङ, प्रोग्रामिङ र आईओटीले भूमिका रहेनेछ।

सामसङ इनोभेसन क्याम्पस जुन सामसङको ‘टुगेदर फर टुमोरो !’को ग्लोबल सीएसआर भिजनको हिस्सा हो। जुन सन् २०१९ मा सुरु भएको थियो। मानिसहरुलाई सक्षम बनाउँदै विद्यार्थी र बेरोजगार युवाहरुलाई चौथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिहरुमा अनुभव गर्न तालिम दिन्छ। उनीहरुलाई अर्को पुस्ताको कार्यबल बन्नका लागि तयार बनाउँछ।

सामसङ आफ्नो सीएसआर पहलहरुमार्फत समुदायहरुलाई सकारात्मक रुपान्तरण गर्न र मानिसहरुका लागि राम्रो जीवन सिर्जना गर्न नवप्रवर्तन प्रयोग गर्नमा विश्वास गर्दछ। शिक्षामार्फत युवाहरुलाई सशक्तीकरण गर्नु भनेको हामीले हाम्रा युवाहरुलाई साहसी भई भविष्यको सामना गर्न तयार गर्ने उत्तम तरिका को एक माध्यम सिकाउनु हो।

1120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?