जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • चालु र आगामी आर्थिक वर्षको बजेटको तु्लनात्मक अवस्था

चालु र आगामी आर्थिक वर्षको बजेटको तु्लनात्मक अवस्था

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा. प्रकाश शरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड तय गरिएको थियो ।

आगामी आर्थिक वर्षको चालु बजेट ११ खर्ब ४१ अर्ब रहेको छ । यस आर्थिक वर्षका लागि ७ खर्ब ५१ करोड विनियोजन गरिएको छ । त्यस्तै आगामी वर्षको पूँजीगत बजेट ३ खर्ब २ अर्ब रहेको छ भने हालको वर्षमा ३ खर्ब ८० करोड विनियोजन गरिएको थियो ।

आगामी आर्थिक वर्षको वित्तीय व्यवस्थातर्फको बजेट ३ खर्ब ७ अर्ब तय गरिएको छ भने हाल यस्तो बजेट २ खर्ब ३० अर्ब रहेको छ ।

आगामी आर्थिक वर्षका लागि वित्तीय हस्तान्तरणको रकम ४ खर्ब ८ करोड विनयोजन गरिएको छ भने हाल यस्तो रकम ४ खर्ब २९ करोड रहेको छ ।

बजेटको स्रोत : 
आगामी राजस्व : १२ खर्ब ४८ अर्ब
हाल : १२ खर्ब ४० अर्ब

आगामी वैदेशिक अनुदान : ४९ अर्ब ९४ करोड
हाल : ५५ अर्ब

आगामी वैदेशिक ऋण : २ खर्ब १२ अर्ब
हाल : २ खर्ब ४२ अर्ब

आगामी आन्तरिक ऋण: २ खर्ब ४० अर्ब
हाल : २ खर्ब ५६ अर्ब

850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका