जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • एक सय रुपैयाँमा कम्पनी दर्ता हुने, अनलाइनबाटै कम्पनी खारेज गर्न सकिने

एक सय रुपैयाँमा कम्पनी दर्ता हुने, अनलाइनबाटै कम्पनी खारेज गर्न सकिने

कम्पनी दर्तामा कुनै पनि  शुल्क नलाग्ने भएको छ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले आगामी आर्थिक वर्षदेखि कम्पनी खोल्न एक सय रुपैयाँ अधिकृत पुँजी भए पनि हुने बताएका छन ।

त्यस्तै, कम्पनी खारेज गर्नका लागि हाल रहेको झनझटिलो प्रक्रिया रद्द गरि अनलाइनबाटै कम्पनी खारेज गर्न सकिने व्यवस्था गरेको बताएका छन । नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्न लाग्ने शुल्क पनि सरकारले खारेज गरेको छ। अर्थमन्त्री महतले उक्त शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क अथवा दस्तुर नलाग्ने बताए। नयाँ कम्पनी खोल्न र नवीकरण गर्न शुल्क नलाग्ने व्यवस्था गरिने भएको छ ।

1045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका