जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी

डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी

डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ  प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिको क्वालिटी स्ट्याण्डर्ड रेजिस्टकले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरिक्षण गरी डिश मिडिया नेटवर्क लाई आइएसओ ९००१ः२०१५ प्रदान गरेको हो ।

स्याटेलाइट टेलिभिजन मार्फत नेपालको कुना काप्चामा गुणस्तरिय सेवा प्रदान गरि रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा संचालन गरिरहेको छ यस्तै हाल सालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि संचालनमा ल्याएको छ ।

नेपालको पेटिभी इन्डस्ट्रीमा आमुल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरु उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मुल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवा लाई अझ सहज वनाउन देशै भरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र संचालन गरिरहेको छ ।

उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दानै कम्पनीले आइएसओ प्रमाणीकरण प्राप्त गर्न सफल भएको छ । अवको दिनमा कम्पनीले अझै समय अनुसारको प्रविधि प्रयोग गरि कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवा लाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी वनाउँदै लैजाने कम्पनीले जनाएको छ ।

840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका