जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • घरजग्गा क्षेत्रमा बढ्न थाल्यो बैंकको कर्जा

घरजग्गा क्षेत्रमा बढ्न थाल्यो बैंकको कर्जा

पछिल्लो समय घरजग्गा क्षेत्रमा बैंकहरुको लगानी बढ्न थालेको छ । सरकारले घरजग्गा क्षेत्रलाई खुकुलो बनाई चलायमान बनाउने नीति लिएको छ ।

चालु आर्थिक वर्षको पहिलो १० महिना (साउन–वैशाख)मा २४ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी भएको छ । १० महिनामा भएको यो कर्जा लगानी ४.३ प्रतिशतले वृद्धि हो ।

घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये १० अर्ब ९ करोड रुपैयाँ व्यक्तिगत आवासीय कर्जा हो भने १४ अर्ब ३० करोड रुपैयाँ रियलस्टेट कर्जा हो । अधिकतम डेढ करोड रुपैयाँसम्मको कर्जालाई नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जाको शिर्षकमा गणना गर्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा बढ्दो तरलता र घट्दो ब्याजदरका कारण घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढ्न थालेको हो । चैतसम्म ९ महिनामा बैंकहरुले घरजग्गा क्षेत्रमा २२ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फागुन मसान्तसम्म यस्तो कर्जा १४ अर्ब ५८ करोड मात्रै थियो । पछिल्लो दुई महिना घरजग्गा क्षेत्रमा प्रवाह भएको घरजग्गा कर्जा वृद्धिले सुधारको संकेत देखिएको छ ।

बैंकमा तरलता अभाव, चर्को ब्याजदर, राष्ट्र बैंकले घरकर्जामा गरेको कडाईलगायत कारणले भदौपछि कर्जा प्रवाह सुस्त थियो । तर, पछिल्लो समय तरलतामा सुधार हुनुका साथै ब्याजदर समेत घट्दै गइरहेको छ । बैंकहरुले सस्तो ब्याजदरमै घरजग्गा कर्जाको अफर ल्याउन थालेका छन् ।

चालु आवको १० महिनामा रियलस्टेट शिर्षकमा प्रवाह भएको १४ अर्ब ३० करोडमध्ये रेसिडेन्सियल रियल इस्टेट कर्जा (डेढ करोडसम्मको व्यक्तिगत आवासीय कर्जाबाहेक) दुई अर्ब ८० करोड रहेको छ ।

यस्तै, कमर्शियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा ४ अर्ब ७८ करोड, आम्दानी सिर्जना गर्ने कमर्शियल कम्पलेक्समा ४ अर्ब ४२ करोड, जग्गा खरिद तथा प्लटिङमा ४ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?