जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई लाइफ इन्स्योरेन्सको पहिलो चरणको आईपिओ आजदेखि

आइएमई लाइफ इन्स्योरेन्सको पहिलो चरणको आईपिओ आजदेखि

आइएमई लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज असार १ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गरेको हो । यस निष्काशनमा असार १५ गतेसम्म आवेदन दिन सकिने छ  ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरिएको शेयर बाँडफाँड गरेपछि कम्पनीले  आम सर्वसाधारणलाई असार २० गतेदेखि असार २४ गतेसम्म आईपिओ निष्काशन गर्ने ।  कम्पनीका कर्मचारीलाई ६ लाख कित्ता , सामुहिक लगानी कोषहरुलाई ६ लाख कित्ता र बाँकी ९६ लाख कित्ता आम सर्वसाधारणलाई निष्काशन हुने छ । आवेदन दिंदा न्युतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ ।

कम्पनीका कर्मचारीले भने १०० रुपैयाँमै शेयर पाउने छन्। कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ८० करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ ।

नेपाल धितोपत्र बोर्डले आज जेठ २३ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।

4285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका