जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेपाल राष्ट्र बैंकले १० अर्बको रिभर्स रिपो जारी गर्दै

नेपाल राष्ट्र बैंकले १० अर्बको रिभर्स रिपो जारी गर्दै

नेपाल राष्ट्र बैंकले बिहीबार १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। बजारमा अधिक तरलताको अवस्था देखिएपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर तरलता घटाउन लागेको हो। वाणिज्य बैंकहरुमा निक्षेप निकै बढेको तर कर्जाको माग कम भएपछि यस्तो अवस्था आएको हो।

राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै असार १४ गते परिपक्‍व हुनेगरी १० अर्बको रिभर्स रिपो बोलकबोल गर्ने जनाएको हो।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष भित्रै यो दोस्रो पटक रिभर्स रिपो जारी गरेर बजारबाट नगद उठाइसकेको छ। तरलता अधिक भएपछि यसअघि माघ दोस्रो साता पनि जारी गरेको थियो। बैंकहरुसँग पैसा मात्रै थुप्रिएपछि कर्जा निक्षेप अनुपात ८३.९९ प्रतिशतमा झरिसकेको छ। यस्तै, अन्तर बैंक ब्याजदर ४ प्रतिशत हाराहारी छ।

कर्जाको माग नहुँदा लगानी गर्ने ठाउँ खुम्चिएपछि ६ वर्षे विकास ऋणपत्रका लागि पनि निकै धेरै माग परेको छ।

असारे खर्च सुरु भएकाले सरकारले निकै ठूलो मात्रामा पैसा खर्च गर्न थालेको छ। यो पैसा क्रमश: बैकिङ प्रणालीमा थपिंदै छ । यसले तरलता बढाउन मद्दत पुगेको छ भने मन्दीले गर्दा कर्जाको माग भने बढ्न सकेको छैन। लगातार तेस्रो महिना कर्जाको ब्याजदर घट्दा पनि माग छैन।

अधिक तरलताले मुल्यमा चाप नपरोस् भनेर राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर बजारमा पैसा घटाउने गर्छ।

3170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?