जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिटी एक्सप्रेस र एनआईसी एशिया लघुवित्तबीच सम्झौता

सिटी एक्सप्रेस र एनआईसी एशिया लघुवित्तबीच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ जसअन्तर्गत अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआईसी एशिया लघुवित्तका शाखाहरु बाट पनि हुने भएको छ ।

एनआईसी एशियाका देशभर १०५ लघुवित्तका शाखाहरु रहेका छन् । उक्त शाखाहरु मार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तराष्ट्रिय कारोबारहरुको भुक्तानी हुनेछ । उक्त सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया,अष्ट्रलिया, आदि थुप्रै देशहरुमार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तरर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८५०० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्ष्ति तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

7895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका