जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • महासंघका अध्यक्ष र आइएमएफ आवासीय प्रतिनिधिबीच भेटवार्ता

महासंघका अध्यक्ष र आइएमएफ आवासीय प्रतिनिधिबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा सान्चेजबीच शुक्रबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा अध्यक्ष ढकालले दुई संस्थाबीच विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताए । बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण पुर्नकर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसँग आग्रह गरिरहेको बताउँदै अध्यक्ष ढकालले यसमा अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताए ।

सो अवसरमा आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासंघका अध्यक्षले राखेको विषयलाई आफूले महत्वका साथ लिएको बताए । साथै यस बिषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताए ।

775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका