जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीतिक र आर्थिक संकटको चर्को चपेटामा फसेको श्रीलंकामाः बैंक वित्तिय संस्था र बीमा कम्पनीहरु धरासायी !

राजनीतिक र आर्थिक संकटको चर्को चपेटामा फसेको श्रीलंकामाः बैंक वित्तिय संस्था र बीमा कम्पनीहरु धरासायी !

श्रीलंका सामुन्द्रिक बन्दरगा धेरै भएको देश भन्दा अन्यथा हुँदैन । व्यापार व्यवसायको सबैभन्दा ठूलो आम्दानी बन्दरगाबाटै आउने गरेको थियो । तर, आज श्रीलंका यस्तो देश बनेको छ जहाँ औषधी देखि इन्धन छैन । भोकमारी छ । राजनीतिक र आर्थिक संकट यति बढेको छ की हेर्दा नै डरलाग्दो छ सुन्दा त जीउ सिरिङ हुन्छ भन्दा फरक पर्दैन । नेपाल अत्यन्तै सानो देश अहिले नेपालमा आर्थिक तरलता छ तर, नेपाल श्रीलंका बन्दैन भन्दा फरक पर्दैन । श्रीलंकामा राजनीतिक अस्थीरता यति छ की राष्ट्रपति भवन जनताको कब्जामा छ । राष्ट्रपति र प्रधानमन्त्री देश छाडेर हिँडेका छन् । जनता राष्ट्रपति भवन भित्रै पैसा गन्दै गरेका, नुहाउँदै गरेका, खाँदै गरेका भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । कतै हेर्दा देश हो कि युद्धको मैदान हो भन्न गाह्रो छ ।

यो समाचार तयार पार्दा मुलुकका नालायक प्रधानमन्त्री रणिल विक्रमासिङ्घेले राजिनामा दिएपनि राष्ट्रपती गोटाबय राजपाक्षेले प्रधानमन्त्रीलाई नै का.मु राष्ट्रपति बनाएको समाचार बाहिर आएको छ । यसले आन्दोलन झनै चर्किएको छ भने का.मु. राष्ट्रपति रणिल विक्रमासिङ्घेले देशमा संकटलकाल नै घोषण गरेका छन् भन्दा अब फरक पर्दैन । भनिन्छ सत्ता कति प्यारो हुन्छ यसले नै पुष्टि गरेको छ ।

भनिन्छ यतिबेला श्रीलंका थप गहिरो आर्थिक संकटको भूमरीमा फसेको छ । श्रीलंकाको इतिहासमै यो आर्थिक संकट ७३ वर्षपछिको सबैभन्दा ठूलो हो । सर्वसाधारण नागरिकको जनजीवन थप दिन–प्रतिदिन कष्टकर बन्दै गएको छ । भन्दा फरक पर्दैन । आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन् भने राजापाक्षे भागेका छन् । श्रीलंकामा लामो समयदेखि राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध ‘गोटा गो गामा’ र ‘गोटा गो होम’ आन्दोलन चलिरहेको छ । गामा भनेको सिंहली भाषामा गाउँ हो। प्रदर्शनकारीले एकै ठाउँमा पाल टाँगेर राष्ट्रपति र सरकारविरुद्ध गोटा गो गामाको नारा लगाएका छन् भने सवारीसाधनको चर्को हर्न बजाएर विरोध जारी राखेका छन् । भन्दा अब फरक पर्दैन ।

इन्धन ल्याउन नसक्दा सडकमा सवारीसाधन विरलै गुडेको देख्न पाइन्छ । अधिकांश विद्यालय बन्द गरिएका छन् भन्दा फरक पर्दैन । सवारी नपाएर बिरामी अस्पताल जानसमेत पाइरहेका छैनन् । स्वास्थ्य संस्थाहरूमा औषधि र अत्यावश्यक उपचार सामग्री पनि रित्तिएको छ । औषधि र उपकरण अभावका कारण शल्यक्रियासमेत रोकिएका छन् । मानिसलाई दिनमा एक छाक जुटाउन पनि मुस्किल परिरहेको भेटिएको छ । भन्दा फरक पर्दैन ।

श्रीलंकामा बढ्यो मुद्रास्फीति दर उच्च
श्रीलंकाको मुद्रास्फीतिको दर ह्वातै बढेको छ । अघिल्लो महिना ५४ प्रतिशत रहेको श्रीलंकाको मुद्रास्फीतिको दर अहिले ७० प्रतिशत नाघेको छ । खाद्यवस्तुमा स्फीतिको दर शतप्रतिशत माथि उक्लिएको छ । विदेशी ऋणभार ५१ अर्ब डलरहाराहारी छ । यसमध्ये २८ अर्ब डलर सन् २०२७ सम्ममा तिर्नैपर्नेछ । डलरको सञ्चिति सकिएर श्रीलंकाले अहिले इन्धन, खाद्यान्न र औषधिसमेत आयात गर्न सकिरहेको छैन । इन्धन ल्याउन नसक्दा सडकमा सवारीसाधन विरलै गुडेको देख्न पाइन्छ । अधिकांश विद्यालय बन्द गरिएका छन् भन्दा फरक पर्दैन । सवारी नपाएर बिरामी अस्पताल जानसमेत पाइरहेका छैनन् । स्वास्थ्य संस्थाहरूमा औषधि र अत्यावश्यक उपचार सामग्री पनि रित्तिएको छ । औषधि र उपकरण अभावका कारण शल्यक्रियासमेत रोकिएका छन् । मानिसलाई दिनमा एक छाक जुटाउन पनि मुस्किल परिरहेको भेटिएको छ । भन्दा फरक पर्दैन ।

बैंक र वित्तिय संस्था थप धरासायी बन्दै
श्रीलंका देशले आर्थिक मन्दीको सामना गरिरहेको अवस्थामा श्रीलंकाको बैंकवित्तहरु पनि थप धरासायी बनेको छ । श्रीलंकाको केन्द्रीय बैंकको मौद्रिक बोर्डले ‘स्टान्डिङ डिपोजिट फेसिलिटी रेट ‘एसडीएफआर’ र ‘स्टान्डिङ लेन्डिङ फेसिलिटी रेट (एसएल एफआर) दरलाई क्रमशः १०० आधार बिन्दुले बढाएर १४.५० प्रतिशत र १५.५० प्रतिशत ले वृद्धि गर्ने निर्णय गरेको देखिन्छ । बढ्दो घरेलु मुद्रास्फीतिको सामना गर्न यसो गरिएको बैंकले जनाएको छ । साथै, यी दरहरू २१ वर्षकै उच्च छन् । केन्द्रीय बैंकले हालै मुद्रास्फीतिमा सोचेभन्दा बढी वृद्धि भएको जनाएको छ । उच्च मुद्रास्फीति आगामी केही समयका लागि रहने अपेक्षा गरिएको छ । यसरी प्रतिकूल मुद्रास्फीतिको अनुमानको कुनै पनि वृद्धिलाई समाहित गर्न थप मौद्रिक नीति कडा हुनु आवश्यक हुने मौद्रिक बोर्डको धारणा रहेको थियो । केन्द्रीय बैंकले नीतिगत समायोजनले श्रीलंकाको मुद्रास्फीतिलाई मध्यम अवधिमै ४ देखि ६ प्रतिशतसम्म स्थिर बनाउन मद्दत पुग्ने बताएको छ। भन्दा फरक पर्दैन ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले श्रीलंकालाई औषधि र अत्यावश्यक सामग्री खरिदका लागि ३० करोडदेखि ६० करोड अमेरिकी डलरसम्म सहयोग गर्ने आश्वासन दिइसकेको छ । गभर्नर डा. विरासिंघे देशमा लामो राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको वार्ता र सहयोगमा थप ढिलाइ हुने बताएका छन् ।

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर डा. नन्दलाल विरासिंघेले भने आफुमा काममा रहि रहने संकेत गर्नुभएको छ । यसअघिका गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक संकट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिएका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले श्रीलंकालाई औषधि र अत्यावश्यक सामग्री खरिदका लागि ३० करोडदेखि ६० करोड अमेरिकी डलरसम्म सहयोग गर्ने आश्वासन दिइसकेको छ । गभर्नर डा. विरासिंघे देशमा लामो राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको वार्ता र सहयोगमा थप ढिलाइ हुने बताएका छन् । उनीले थपेः– ‘म एक स्थिर राजनीतिक प्रशासन चाहान्छु, जति चाँडो राम्रो होस्, हामीले प्रगति गर्न, मुख्यतया हामीले आईएमएफसँग वार्ता गरिरहेका कार्यक्रमहरूमा, वित्त जुटाउने र इन्धन, ग्यास र अन्य चीजहरूको अभावलाई सम्बोधन गर्ने प्रयासमा छु ।’

नोक्सानी पूनर्बीमा सम्झौतामार्फत् वैश्विक पूनर्बीमकलाई हस्तान्तरण गरिएको हुँदा बोर्डलाई तुलनात्मकरुपमा कम दबाब पर्ने आशा गरिएको देखिन्छ । श्रीलंकाको सामाजिक अशान्तिले अन्तर्राष्ट्रिय बीमा बजारले आगामी दिनको लागि आफूलाई तयार गरिरहनु पर्ने घाटाको सङ्केत हुन सक्छ । श्रीलंका भ्रष्ट राजनीति र अर्थतन्त्रको कुव्यवस्थाका कारण ग्रसित भएको कुरा सही भए पनि राष्ट्रसंघ र विश्व बैंकका प्रतिवेदनले त्यसलाई आफ्नो ऋण चुक्ता गर्न बाध्य पार्ने दबाबले अन्य देशहरूलाई पनि ऋण चुक्ताको दबाब पर्न सक्ने देखिएको छ ।

श्रीलंकामा बीमा कम्पनीहरु पनि चर्को संकटमा

आर्थिक संकटका कारण श्रीलंकाली बीमा कम्पनीहरु पनि थप धरासायी बनेका छन् । राजधानी कोलोम्बोमा सरकारविरुद्ध भएको हिंसात्मक प्रदर्शनका कारण १ अर्ब भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । सरकारी स्वामित्वको नेशनल इन्स्योरेन्स ट्रष्ट फण्ड बोर्डले अधिकत्तम १ अर्ब रुपैयाँ नोक्सानी व्यहोर्नुपर्ने देखिए पनि नोक्सानीको आँकडा यो भन्दा धेरै बढी हुने अनुमान गरिएको छ । तर अन्य नोक्सानी पूनर्बीमा सम्झौतामार्फत् वैश्विक पूनर्बीमकलाई हस्तान्तरण गरिएको हुँदा बोर्डलाई तुलनात्मकरुपमा कम दबाब पर्ने आशा गरिएको देखिन्छ । श्रीलंकाको सामाजिक अशान्तिले अन्तर्राष्ट्रिय बीमा बजारले आगामी दिनको लागि आफूलाई तयार गरिरहनु पर्ने घाटाको सङ्केत हुन सक्छ । श्रीलंका भ्रष्ट राजनीति र अर्थतन्त्रको कुव्यवस्थाका कारण ग्रसित भएको कुरा सही भए पनि राष्ट्रसंघ र विश्व बैंकका प्रतिवेदनले त्यसलाई आफ्नो ऋण चुक्ता गर्न बाध्य पार्ने दबाबले अन्य देशहरूलाई पनि ऋण चुक्ताको दबाब पर्न सक्ने देखिएको छ ।

राष्ट्रपति निवास भित्रै भेटियो करोडौं रुपैयाँ !

राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट करौडौँ रूपैयाँ नगद बरामद गरेको बताइएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा केही भिडियो सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
एउटा भिडियोमा केही प्रदर्शनकारी नोट गन्दै गरेको देखिएका छन् ।

श्रीलङ्काका संचारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ । उक्त रकम अदालतमा बुझाइएको विवरण सार्वजनिक भएको छ । नेपालले यी कुराबाट पाठ सिक्दै अर्थतन्त्रका सूचाङ्कलाई बढाउदै अगाडी बढ्नु पर्ने अहिलेको आवश्यकता हो । बजेट आएको छ । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति कसिलो र अर्थतन्त्रको अवस्था बुझेर ल्याउनु उत्तम होला । सचेत भया ।

 

4045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?