जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२
  • होमपेज
  • विकास बैंकहरुको हरित निक्षेप र कर्जा योजनाः निक्षेपमा ०.२५% बढी ब्याज दिने

विकास बैंकहरुको हरित निक्षेप र कर्जा योजनाः निक्षेपमा ०.२५% बढी ब्याज दिने

विकास बैंकहरुले दिगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन्। हाललाई निम्न उत्पादनमूलक क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजना अन्तर्गत समेट्ने निर्णय डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालको कार्य समितिले गरेको छ।

विकास बैंकहरुले कृषिजन्य उद्यम,वनजन्य उद्यम, जल उर्जा, सौर्य उर्जा, जैविक उर्जा, वायु उर्जा, केवलकार÷रोपवे, विद्युतीय सवारी साधन र फोहोर पानी प्रशोधन गर्ने उद्यममा हरित ऋण योजना ल्याउने भएका हुन्।

बैंक तथा वित्तीय संस्थाहरुको लगानी तुलनात्मकरुपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउने निर्णय एशोसिएसनले गरेको हो।

हरित कर्जा योजनामा गरिने लगानीका लागि बिस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने भएको हो।

‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्दति निक्षेपमा भन्दा ०.२५ प्रतिशत अंकले बढि व्याज प्रदान गर्ने र ‘हरित कर्जा योजना’ मा अन्य सोही प्रकृतिको कर्जा योजनामा भन्दा ०.२५ प्रतिशत अंकले कम व्याजमा कर्जा प्रवाह गर्ने गरी कर्जा योजनाको प्रडक्टपेपर विकास गरिने भएको छ।

सदस्य बैंकहरुले आ–आफ्ना बैंकको व्यवसायिक रणनीति अनुसार अझ बढी सुबिधा दिनेगरी प्रडक्टपेपरलाई विकास गर्न सक्ने निर्णय पनि एशोसिएसनले गरेको छ।

कार्वन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग-व्यवसायले हरित कर्जा सुबिधा लिन पाउने छैनन्। आ–आफ्ना बैंकका संचालक समितिबाट प्रडक्टपेपर स्वीकृत गराइ ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउनका लागि एशोसिएसनले आफ्ना सदस्य बैंकहरुलाई परिपत्र जारी गरिसकेको छ।

2875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।