जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • महालक्ष्मीको आयोजनामा १०२८ रक्तदाताले गरे रक्तदान

महालक्ष्मीको आयोजनामा १०२८ रक्तदाताले गरे रक्तदान

महालक्ष्मी विकास बैंकले २८ औं वार्षिकोत्सवको अवसरमा वृहत रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम गरेको हो ।

बैंकले ३१ वटा शाखाहरु मार्फत बिचबजार ८२, खुर्रखुरे ५५, नारायणगढ ४९, कमाने ४७, टिकापुर ४६, हेटौंडा ४४, नेपालगञ्ज ४२, थापाथली ४०, महाराजगंज ३८, पुतलिसडक ३८, धनगढी ३६, डडेल्धुरा ३५, भक्तपुर ३२, डल्लु ३१, कावासोती ३१, भाटभटेनी ३०, दरबारमार्ग ३०, जनकपुर २९ रहेका छन् ।

त्यस्तै, भैरहवा २८, तिनचुली २८, झम्सीखेल २७, शंखमुल २७, न्यूरोड काठमाडौं २७, कालिमाटी २६, टाँडी २३, मैतिदेवी २१, कुमारीपाटी १९, इटहरी १९, परासी १८, महेन्द्रनगर १५ र रुपनी १५ गरी कुल १०२८ (एक हजार अठ्ठाइस) पिन्ट रगत संकलन गरेको छ । यो संख्या बैंक तथा वित्तीय संस्थाहरु मार्फत रगत संकलन गरिएका रेकर्डहरुमा हालसम्मकै सबैभन्दा उच्च रहेको छ ।

स्वास्थ्य क्षेत्रमा अभावका रुपमा देखापर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले २८ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । बैंकले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट थप विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु आउदा दिनहरुमा पनि प्रभाकारी रुपले निरन्तर सञ्चालन गर्दै जाने प्रतिवद्घता व्यक्त गरेको छ ।

5770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?