जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कोकाकोला उत्पादक बोटलर्स तराईको लाभांश घोषणा, सेयरधनीले ६० प्रतिशत नगद पाउने

कोकाकोला उत्पादक बोटलर्स तराईको लाभांश घोषणा, सेयरधनीले ६० प्रतिशत नगद पाउने

कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडले ६० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को नाफाबाट कम्पनीले लाभांश दिन लागेको हो।

कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश सिफारिस गरेको हो। कम्पनीका सेयरधनीले प्रति कित्ता सेयर बराबर ६० रुपैयाँ पाउनेछन्।

गत वर्ष पनि तराईले ६० प्रतिशत नगद लाभांश दिएको थियो। लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

4085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?