जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • करको महानिर्देशक परिवर्तन: बराललाई जिम्मेवारी, मैनाली पुगे सार्वजनिक ॠण व्यवस्थापन कार्यालय

करको महानिर्देशक परिवर्तन: बराललाई जिम्मेवारी, मैनाली पुगे सार्वजनिक ॠण व्यवस्थापन कार्यालय

अर्थ मन्त्री डा. प्रकाश शरण महतले आन्तरिक राजस्व विभागका महानिर्देशक परिवर्तन गर्ने निर्णय गरेका छन् । विभागको महानिर्देशक रहेका दीर्घ मैनालीलाई हटाएर मन्त्री महतले अर्थ मन्त्रालयको संस्थान समन्वय तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका भुपाल बराललाई महानिर्देशकको जिम्मेवारी दिएका छन् । मैनालीलाई सार्वजनिक ॠण व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

आन्तरिक राजस्व विभागको महानिर्देशक हुनु अघि मैनाली सार्वजनिक ॠण व्यवस्थापन कार्यालयका प्रमुख थिए । मैनालीलाई अर्थ मन्त्रालय अन्तर्गत शक्तिशाली मानिने आन्तरिक राजस्व विभागको जिम्मेवारी तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९ मंसिरमा दिएका थिए। लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकको भन्दै मन्त्री महत मैनालीसँग असन्तुष्ट थिए ।

मन्त्री महतले बराल प्रमुख रहेको संस्थान समन्वय महाशाखाको जिम्मेवारी नारायण रिजाललाई दिइका छन् । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख रहेका टोक राज पाण्डेलाई अर्थ मन्त्रालयको प्रशासन महाशाखामा लगिएको छ ।

प्रशासन महाशाखा प्रमुख रहेका महेश आचार्यलाई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारी दिईएको छ । पाण्डेको ठाउँमा भन्सार विभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई लगिएको छ । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंक पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ।

495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका