जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेतृत्वले साधारण सदस्यता खोसेका भरतपुरका ‘असाधारण’हरू

नेतृत्वले साधारण सदस्यता खोसेका भरतपुरका ‘असाधारण’हरू

स्थानीय निर्वाचनको ‘इपीसेन्टर’ भरतपुरले सबैको ध्यान खिचेको छ । सत्ता गठबन्धनको सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेल तथा उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेलको क्रियाशील सदस्यता आज साँझ ५ बजे खोसेका छन् ।

कांग्रेस नेतृत्वले सधारण सदस्यता समेत नरहने गरी निष्काशित गरेका यी तीनै जना असाधरण छन् । जसले चितवनमा नेपाली कांग्रेस बचाउन भन्दै नेतृत्वसँगै संघर्ष गरे । धम्की र घुर्कीको पर्वाह गरेनन् । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई गठबन्धनको साझा उम्मेदवार बनाउन चितवन झरेर तीन दिनदेखि गरेको प्रयास निरर्थक भयो । क्लान्त बनेर भरतपुरबाट काठमाडौँ उक्लिएका खाँडले सभापति शेरबहादुर देउवाकहाँ गएर भरतपुरमा भएको विकासक्रमबारे जानकारी गराए ।

भरतपुरका कांग्रेसले यसपटक स्थानीय निर्वाचनमा आफ्नो मेयरका उम्मेदवारमात्र खडा गरेका छैनन् । नेपाली कांग्रेसको नेतृत्वलाई सन्देश दिएका छन्, ‘नेतृत्वमा चेतना र विवेक नहुँदा कांग्रेस मासिने भयो ।’

यसभन्दा अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादीको गठबन्धन अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयर बनेकी थिइन् । स्वभाविक रूपमा यसपालि कांग्रेसले भरतपुरमा मेयरको अपेक्षा गरेको थियो । भरतपुरको मेयरमा पुनः दाहालले दोहोर्‍याउने भएपछि उनीहरूले भने, ‘पुष्पकमल दाहाल राष्ट्रिय नेता हो । उहाँलाई हामी मान्छौं, प्रतिनिधिसभा निर्वाचन जिताएर पनि पठाउँछौं । तर भरतपुरको मेयर यसपटक कांग्रेसलाई चाहिन्छ ।’

उनीहरूले रेणु दाहालको सट्टा यसपटक मेयर कांग्रेसलाई दिन आग्रह गरेका थिए ।

सत्ता गठबन्धन बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुरमा धेरै अडान राखेनन् । पुष्पकमल दाहालले बरु जुनसुकै महानगरपालिका भएनि हुन्छ भनेका थिए । कांग्रेस नेताहरूले दाहालको निर्वाचन क्षेत्र र छोरी नै मेयर भएकाले दाहालको मनोवैज्ञानिक दबाब बनाउन सहज हुने अस्त्रका रूपमा भरतपुर नै दिने निधो गरे ।
तर भरतपुर अहिले सभापति शेरबहादुर देउवाका लागि ठूलो टाउको दुखाई भएको छ ।

उनले कारबाही गरेका नेताहरू साधरण होइनन् । भरतपुरको मेयर कांग्रेसले लिनुपर्छ भन्नेमा अडान लिएर यो सबै योजना निर्माणका ‘आर्किटेक्ट’ हुन्, ८४ वर्षीय कृष्णलाल सापकोटा । २०१२ सालमा कांग्रेसको सदस्यता लिएका उनले लामो समय चितवन कांग्रेसको स‌गठन गरे, नेतृत्व लिए । चितवनमा कांग्रेस शिला खोज्नुपर्ने समयमा उनैले संगठन गरेका थिए । सापकोटालाई पछि गिरिजाप्रसाद कोइराला सभापति रहेका बेला आमन्त्रित केन्द्रीय सदस्य पनि बनाएका थिए ।

‘पार्टीले मलाई के कारबाही गर्छ ? २०१७ देखि २०४६ सालको बीचमा पनि कांग्रेस नै थिएँ । मलाई क्रियाशील सदस्यता नवीकरण गर्दिने पनि कोही थिएन । पार्टी प्रतिबन्धित हुँदा पनि म भित्रको कांग्रेस कसैले खोस्न सकेन,’ उनी भन्छन्, ‘मलाई कागजी कांग्रेस हुनु/नहुनुको अर्थ छैन । त्यो कागजी सदस्यता खोसेर मलाई कुनै फरक पर्दैन । म बीपी कोइरालाको सिद्धान्त र आदर्श बोकेर हिंडेको, म भित्रको प्रजातान्त्रिक संस्कार र मूल्यमान्यता तिनले कसरी खोस्लान् र ?’

सापकोटाले मेयरमा स्वतन्त्र उम्मेदवार पौडेललाई बाहेक अन्यत्र रुख चिन्हमा मात्र मतदान गरेर कांग्रेस बचाउन भरतपुरबासी आतुर रहेको बताएका छन् ।

१९९५ सालमा म्याग्दीमा जन्मिएका सापकोटा चितवनमा बसाइँ सरेर आएका हुन् । २००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा उनी १२ वर्षको उमेरदेखि नै सक्रिय थिए । त्यसपछि निरन्तर र अविछिन्न उनी नेपाली कांग्रेसमा रहीरहे ।

यी ‘भीष्मापितामह’लाई सबैले सम्मान गर्छन् । भरतपुर महानगरमा कांग्रेसबाट उम्मेदवार उठाउनुपर्छ भन्ने योजनाका उनी आर्किटेक्ट हुन् । पार्टीले दिने सम्भावित दबाब र यी अहिले देखिएका उपक्रमबारे परिकल्पना गरेर नै उनले दह्रो खुट्टा टेक्ने र लोकप्रिय व्यक्तिलाई अघि सार्ने क्रममा पूर्व सांसद जगन्नाथ पौडेललाई अघि बढाए ।

पौडेललाई यसबीचमा अनेकन डर, धम्की र प्रलोभन दिइएको छ । नेपाली कांग्रेसका सभापति देउवादेखि वरिष्ठ नेता एवं गठबन्धनका संयोजक रामचन्द्र पौडेल तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल सम्मले उनलाई उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरे । तर, पौडेल आफ्नो निष्ठा र इमानदारितामा टसमस भएनन् । अहिले सारा मुलुक निर्वाचनमय भएको छ, तरपनि सबैको ध्यान पौडेलतिर छ । उनी एकाएक स्थानीय निकाय निर्वाचनका आकर्षण बनेका छन् । उनका नाममा सामाजिक सञ्जालमा प्यारोडी एकाउन्टहरू खुलेका छन् । उनलाई शुभकामना दिनेहरूको उस्तै ओइरो छ । जसले पार्टीको सत्तामा बसेर निर्देशनरूपी फर्मान जारी गर्ने सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापालाई नै लज्जित तुल्याइदिएको छ ।

त्यस्तै, नेपाली कांग्रेसको राजनीतिमा सक्रिय समाजसेवी समेत रहेकी मीना खरेल पौडेलको समर्थक बनेकोमा उनले आफ्नो क्रियाशील सदस्यता गुमाएकी छिन् ।

चितवन कांग्रेसका पुराना नेता भीमबहादुर श्रेष्ठले अहिले गठबन्धनका नाममा भइरहेका गतिविधि ‘श्रीमति दिएर मीत लाउने’ जस्तो देखिएको व्यंग्य गर्दै नेतृत्वलाई सचेत हुन आ

2725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका