जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघले नयाँ सिइओको माग गर्दै अर्यालको कार्यकक्षमा ताला

राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघले नयाँ सिइओको माग गर्दै अर्यालको कार्यकक्षमा ताला

राष्ट्रिय बीमा कम्पनी लिमिटेड कर्मचारी संघ निकट कर्मचारीहरुले नयाँ प्रमुख कार्यकारी अधिकृतको माग गर्दै डा. डिल्ली राज अर्यालको कार्यकक्षमा ताला लगाएका छन् । संघले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्नु पर्ने माग राखेका छन् । सरकारले पठाएको प्रमुख कार्यकारी अधिकृतले व्यवसायिक हिसावले काम नगरेको भन्दै उनिहरुले आरोप लगाएका छन् । अर्थमन्त्रालयबाटै काजमा आएका अर्यालले मन्त्रालय र बीमा समिति सँग समन्वयात्मक हिसावले काम गर्न नसकेको उनिहरुको आरोप छ ।

कर्मचारी विनियमावली संसोधनमा अर्यालले चासो नदेखाएको र आवश्यक पहल गर्न नसकेको  उनिहरुले आरोप लगाएका छन् । अर्याल नेतृत्वले कम्पनीको आर्थिक वर्ष २०६८/६९ देखिको लेखापरिक्षण तथा साधारणसभा सम्पन्न गर्न सकेको छैन ।  कम्पनीले आर्थिक वर्ष २०७५/७६ सम्मको आन्तरिक लेखापरिक्षणको तयारी गरिरहदा उनले अघिल्ला ५ आर्थिक वर्षकै लेखापरिक्षण सम्पन्न गर्न नसकेको भन्दै असन्तुस्ट छन् ।

यसका साथै कर्मचारीको सेवा सुविधामा ध्यान नदिदा उनिहरु आक्रोसित भएका हुन् । कर्मचारीहरुले पटक पटक सेवा सुविधाका लागि माग गर्दा आश्वासन मात्रै दिने तर कहिले पनि कार्यान्वयन नगर्ने उनको प्रवृत्तीले पनि कर्मचारी उनि प्रति आक्रोसित भएका हुन् ।

8590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका