जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीको नाफा घट्दा पनि ५ औँ स्थानमा, प्रतिशतका हिसावले युनाइटेड अगाडि, कुन कम्पनीको कति ?

राष्ट्रिय बीमा कम्पनीको नाफा घट्दा पनि ५ औँ स्थानमा, प्रतिशतका हिसावले युनाइटेड अगाडि, कुन कम्पनीको कति ?

गत आर्थिक बर्षको चौथो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बीमा समितिमा दर्ता भएर सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुमध्ये २ वटा कम्पनीले भने वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । वित्तीय विवरण सार्वजनिक गरेका बीमा कम्पनीहरु मध्ये अधिकांश कम्पनीको नाफा बढेको छ । तर ३ कम्पनीको नाफा अघिल्लो आवको असार मसान्तको तुलनामा सामान्य घटेको छ ।

गत आर्थिक बर्षको असार मसान्तसम्म निर्जीवन बीमा कम्पनीले ४ अर्ब ६६ करोड २२ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक बर्षको असार मसान्तसम्म ४ अर्ब ४३ करोड ६५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । अघिल्लो आवको सोही अवधिको तुलनामा २२ करोड ५७ लाख ५० हजार रुपैयाँ धेरै खुद नाफा आर्जन गरेका हुन् ।

नेको इन्स्योरेन्सको खुद नाफा १५.५० प्रतिशत बढेर ५४ करोड ६ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४६ करोड ८० लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

शिखर इन्स्योरेन्सको खुद नाफा ५.६८ प्रतिशत बढेर ४७ करोड ५७ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४५ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सगरमाथा इन्स्योरेन्सको खुद नाफा १८.५८ प्रतिशत बढेर ४५ करोड १५ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३८ करोड ८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रिमियर इन्स्योरेन्सको खुद नाफा ५.६० प्रतिशत बढेर ३७ करोड ३७ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३५ करोड ३८ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४३.५७ प्रतिशत घटेर ३६ करोड ३ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६३ करोड ८५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको गरेको थियो ।

नेपाल इन्स्योरेन्सको खुद नाफा ३२.९९ प्रतिशत बढे ३४ करोड ८७ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २६ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा ०.७१ प्रतिशत बढेर ३० करोड २३ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३० करोड २ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रभु इन्स्योरेन्सको खुद नाफा ०.६१ प्रतिशत बढेर २६ करोड ६६ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २६ करोड ५० लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

एनएलजि इन्स्योरेन्सको खुद नाफा २५.४८ प्रतिशत बढेर २५ करोड २२ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २० करोड १० लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

आईएमई जनरल इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवकोे तुुलनामा ११.६० प्रतिशत २३ करोड ४६ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २१ करोड २ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एभरेष्ट इन्स्योरेन्सको खुद नाफा ०.६१ प्रतिशत बढेर २० करोड ३८ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २० करोड २६ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा २७.६० प्रतिशत बढेर १७ करोड ६९ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १३ करोड ८६ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लम्बिनी जनरल इन्स्योरेन्सको खुद नाफा १५.४८ प्रतिशतले घटेर १७ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा १०.३६ प्रतिशत घटेर १५ करोड ५५ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १७ करोड ३५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा ४९.७५ प्रतिशत बढेर ९ करोड ५२ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६ करोड ३६ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

जनरल इन्स्योरेन्सको खुद नाफा ७८ प्रतिशत बढेर ९ करोड ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवकोे सोही अवधिमा कम्पनीले ५ करोड ५ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ५५.०३ प्रतिशत बढेर ८ करोड ६२ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनील ५ करोड ५६ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

युनाइटेड इन्स्योरेन्स कम्पनीले गत आवको असार मसान्तसम्म खुद नाफा ३३०.३८ बढेर ७ करोड ५२ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ करोड ७४ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

3545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका