जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सनराइज बैंकको डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम

सनराइज बैंकको डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम

सनराइज बैंक लिमिटेडले आफ्नो १२ औं बार्षिकोत्सबको अवसरमा सनराइज बैंक दमौली शाखाले बुधबार व्यास न.पा. वडा नं २ स्थित केराघारीमा केराघारी आधारभूत स्वास्थ्य चौकी र सामाधान हस्पिटल प्रा.ली. को प्राबिधिक सहकार्यमा डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

व्यास न.पा. वडा नं २ का वडाध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सनराइज बैंक लिमिटेड दमौली शाखाका शाखा प्रमुख किर्तीमान राणाले संचालन गर्नु भएको थियो । २०० जना भन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रममा समाधान हस्पिटल प्रा.ली.का चिकित्सक डा. श्रीराम चन्द र यास न.पा. वडा नं २ केराघारी आधारभूत स्वास्थ्य चौकीका प्रमुख सुनिल अधिकारीले डेंगु रोग तथा यस बाट बच्ने उपायहरु बारे बोल्नुभएको थियो ।

सोही अवसरमा उक्त कार्यक्रममा सहभागीहरुको सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको छ ।

10475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका