जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेपाल बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शनको लागि मेटलाइफ सम्मानित

नेपाल बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शनको लागि मेटलाइफ सम्मानित

मेटलाइफ नेपाल बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शनको लागि सम्मानित भएको छ । २०२३ को एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्सको इन्स्योरेन्स विधामा मेटलाइफ सम्मानित भएको हो ।

यस अवार्डले कम्पनीको उत्कृष्ट व्यावसायिकता र सामाजिक उत्तरदायित्वका साथै ग्राहक र समुदायका विकासशील आवश्यकताहरू अनुरूप नवीन र रचनात्मक समाधानहरूको लागि निरन्तर प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले व्यक्तिगत रूपमा अवार्ड ग्रहण गर्ने क्रममा भनेः ‘यो सम्मानले हाम्रो कर्मचारी तथा अभिकर्ता टोलीको जोश र समर्पणलाई झल्काउँछ र तृप्ति र आशावादी भावना जगाउँछ । यसले हाम्रो आफ्नै मापदण्डहरू पार गर्ने, निरन्तर रूपमा आविष्कार गर्ने र बीमा क्षेत्रमा अझ ठूलो प्रभाव पार्ने हाम्रो दृढ संकल्पलाई प्रेरणा दिन्छ ।’

कर्पोरेट उत्कृष्टताका लागि एचआरएम नेपाल अवार्ड २०२१ मा एचआरएम नेपालद्वारा स्थापना गरिएको र ग्रोथ सेलरहरूको स्वायत्त सहायक संस्था कर्पोरेट क्लब नेपालद्वारा आयोजना गरिएको हो ।

यस अवार्ड समारोह सकारात्मक परिवर्तन गर्ने उत्कृष्ट व्यक्तिगत र संस्थागत योगदानहरू लाई मान्यता दिने वार्षिक कार्यक्रम हो । यस समारोहमा विभिन्न क्षेत्रका विशेषज्ञहरु र सरकारी प्रतिनिधिहरू उपस्थित हुन्छन् ।

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी सहरहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, यूरोप तथा मध्य एसियाका अब्बल स्थानमा रहेको छ ।

400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका