जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • १५ फाइनान्स कम्पनीहरुको नाफा करिब १७ प्रतिशतले घट्योः पहिलो मञ्जुश्री फाइनान्स, दोस्रो आईसीएफसी फाइनान्स, जगेडा कोषमा सबै भन्दा अब्बल गुडवील फाइनान्स

१५ फाइनान्स कम्पनीहरुको नाफा करिब १७ प्रतिशतले घट्योः पहिलो मञ्जुश्री फाइनान्स, दोस्रो आईसीएफसी फाइनान्स, जगेडा कोषमा सबै भन्दा अब्बल गुडवील फाइनान्स

नेपालका फाइनान्स कम्पनीहरुको नाफा यस पटक करिब १७ प्रतिशतले घटेको छ । नाफा सबै भन्दा बढि मञ्जुश्री फाइनान्स कम्पनीले कमाएको छ । भने दोस्रोमा आईसीएफसी फाइनान्स कम्पनीले कमाएको छ । जगेडा कोषमा सबै भन्दा अब्बल गुडवील फाइनान्स कम्पनी रहेको छ । भन्दा अब फरक पर्दैन । नेप्सेमा सूचीकृत १५ वटा फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार समग्रमा फाइनान्स कम्पनीहरुको नाफा अघिल्लो वर्षको तुलनामा १६.४५% ले घटेर ५३ करोड ६१ लाख रुपैयााँ कायम भएको छ । अघिल्लो वर्ष यसै अवधिमा यिनीहरुले ६४ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको भेटिएको छ ।
खराब कर्जा अनुपात बढ्दा फाइनान्स कम्पनीहरुले ठूलो रकम प्रोभिजनिङ वापत छुट्याएका छन् । जसका कारण वित्त कम्पनीहरुको नाफा प्रभावित बनेको हो भन्दा फरक पर्दैन ।

यसपटक समग्र बैंक तथा वित्तीय संस्थाहरु नै खराब कर्जाको दबाबमा परेका छन् । यता, फाइनान्सहरुको खुद ब्याज आम्दनी भने २१.४८% ले बढेर ४ अर्ब ६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यिनीहरुले समग्रमा ३ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । त्यस्तै, चुक्ता पुँजी पनि २.६१% ले बढेर १३ अर्ब ८८ करोड ७७ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष पुँजी १३ अर्ब ५३ करोड ३८ लाख रुपैयाँ रहेको थियो । समग्रमा हेर्दा मञ्जुश्री, आइसीएफसी र गोर्खाज फाइनान्स अधिकांश वित्तीय सूचकमा अगाडि रहेको देखिन्छ । यस अवधिसम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी मञ्जुश्री फाइनान्सको देखिएको छ । यसको पुँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ रहेको छ । दोस्रोमा, आइसीएफसी फाइनान्सको १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । यो अघिल्लो वर्षको भन्दा ५% ले धेरै हो ।सबैभन्दा कम मल्टीपर्पस फाइनान्सको ४५ करोड २० लाख रुपैयाँ बराबरको चुक्ता पुँजी छ । असारसम्ममा ७ वटा फाइनान्सको पुँजी अघिल्लो वर्षकै यथावत छ । सूचीकृत १५ फाइनान्सहरुको चुक्ता पुँजी समग्रमा २.६१% ले बढेर १३ अर्ब ८८ करोड ७७ लाख २६ हजार रुपैयाँ बराबर पुगेको देखिन्छ ।

जगेडा कोषमा भने गुडविल फाइनान्सको अग्रता कायम रहेको छ भन्दा फरक पर्दैन । १५ फाइनान्स कम्पनीहरुमध्ये सबैभन्दा धेरै जगेडा कोष गुडविल फाइनान्सको देखिएको छ । यसको रिजर्भमा १ अर्ब ४६ करोड ३७ लाख रुपैयाँ जम्मा छ । यो अघिल्लो वर्षको भन्दा ५९.४९% ले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा यस फाइनान्सको जगेडामा ९१ करोड ७७ लाख रुपैयाँ थियो । गोर्खाज र मञ्जुश्री फाइनान्सको क्रमशः ९९ करोड ८३ लाख र ६३ करोड ६९ लाख रुपैयाँ रिजर्भमा जम्मा रहेको छ । सबैभन्दा कम मल्टीपर्पस फाइनान्सको जगेडा कोष देखिएको छ । यसको जगेडा कोषमा ६ करोड ४३ लाख रुपैयाँ जम्मा छ । समग्रमा फाइनान्सहरुको जगेडा कोषको आकार ३३.२३% ले बढेर ६ अर्ब ९८ करोड १८ लाख पुगेको देखिन्छ । गत असार मसान्तसम्म आइपुग्दा मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै खुद ब्याज आम्दानी गरेको छ । यसको उक्त आम्दानी अघिल्लो वर्षको तुलनामा ६१.२२% ले बढेर ७० करोड ७५ लाख रुपैयाँ पुगेको हो । दोस्रोमा, आइसीएफसी फाइनान्सले ५४ करोड ९३ लाख खुद ब्याज आम्दानी गरेको छ । यता, सबै भन्दा कम मल्टीपर्पस फाइनान्सले ४ करोड ९३ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । १५ मध्ये ३ वटाको मात्र खुद ब्याज आम्दानी घटेको छ । फाइनान्स कम्पनीहरुको खुद ब्याज आम्दानी समग्रमा २१.४८% ले बढेर ४ अर्ब ६ करोड ७६ लाख पुगेको हो । मञ्जुश्री फाइनान्सले असार मसान्तसम्म आइपुग्दा २९ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १६८.८६ % ले धेरै हो । अघिल्लो वर्ष यसको नाफा १० करोड ८४ लाख थियो ।

मञ्जुश्री फाइनान्स कम्पनीको वितरणयोग्य नाफा सबैभन्दा धेरै देखिएको छ । यसको उक्त शीर्षकमा ११ करोड ११ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आइसीएफसी फाइनान्सको वितरणयोग्य नाफा ९ करोड २४ लाख रुपैयाँ छ । सूचीकृत १५ मध्ये १० फाइनान्सको वितरणयोग्य नाफा ऋणात्मक छ । समग्रमा यिनीहरुको वितरणयोग्य नाफा २५ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको भेटिएको छ । भन्दा फरक पर्दैन ।

यस अवधिसम्म आइपुग्दा समग्रमा फाइनान्सहरुले ५३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा अघिल्लो वर्षको भन्दा १६.४५% ले थोरै हो । अघिल्लो वर्ष ६४ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । अधिकांश कम्पनीहरुको नाफा घटेको छ । ३ फाइनान्सहरु भने नोक्सानमा देखिएका छन् । मञ्जुश्री फाइनान्स कम्पनीको वितरणयोग्य नाफा सबैभन्दा धेरै देखिएको छ । यसको उक्त शीर्षकमा ११ करोड ११ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आइसीएफसी फाइनान्सको वितरणयोग्य नाफा ९ करोड २४ लाख रुपैयाँ छ । सूचीकृत १५ मध्ये १० फाइनान्सको वितरणयोग्य नाफा ऋणात्मक छ । समग्रमा यिनीहरुको वितरणयोग्य नाफा २५ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको भेटिएको छ । भन्दा फरक पर्दैन । फाइनान्स कम्पनीहरु मध्ये सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको प्रतिसेयर आम्दानी देखिएको छ । यसको इपीएस २१ रुपैयाँ ५७ पैसा छ । अघिल्लो वर्ष ८ रुपैयाँ २ पैसा थियो । रिपोर्ट अनुसार अधिकांश कम्पनीहरुको प्रतिसेयर आम्दानी घटेको छ । ३ वटा फाइनान्स कम्पनीहरु नोक्सानमा रहेको भेटिएको छ । भन्दा फरक पर्दैन । सचेत भया ।

940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका