जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियममा आईपीओ बिक्री खुला

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियममा आईपीओ बिक्री खुला

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज भदौ १५ गतेबाट सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन लाइफलाई जारी पुँजी ३ अर्ब ७३ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबर अर्थात १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकिएको छ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० कित्ता म्युचुअल फन्डलाई सुरक्षित गरेको छ। बाँकी ९० लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

कम्पनीले कर्मचारीका लागि अंकित मूल्य अर्थात १०० रुपैयाँमै आईपीओ बिक्री गर्नेछ। बाँकी समूहलाई भने अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २४४ रुपैयाँ कायम गरिएको छ।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरु तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।

सिटिजन लाइफको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

4540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?