जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको खराब कर्जा घट्यो, नाफा २७ करोड ८० लाख रुपैयाँ

महालक्ष्मी विकास बैंकको खराब कर्जा घट्यो, नाफा २७ करोड ८० लाख रुपैयाँ

महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १२.०३ प्रतिशत घटेर २७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस अवधिमा बैंकले खराब कर्जा घटाएको छ । गत वर्षको पुसमा ४.५७ प्रतिशत एनपीएल रहेकोमा यस वर्षको पुसमा घटेर ४.२१ प्रतिशतमा झारेको छ ।

बैंकको खुद ब्याज आम्दानी घटेका कारण नाफामा असर गरेको हो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १४.५३ प्रतिशत घटेर ८९ करोड २४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ३३.९३ प्रतिशत बढेर ९ करोड ६७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.७१ प्रतिशत घटेर १ अर्ब २ करोड रुपैयाँ, सञ्चालन नाफा १२.८३ प्रतिशत घटेर ३९ करोड ५७ लाख रुपैयाँ र वितरणयोग्य नाफा ३.२८ प्रतिशत अर्थात् ६ करोड ८३ लाख रुपैयाँ रहको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब २५ करोड ४० लाख रुपैयाँ, निक्षेप संकलन ३ प्रतिशत बढेर ५३ अर्ब ४ करोड रुपैयाँ र कर्जा लगानी ९.०६ प्रतिशत बढेर ४० अर्ब ५० करोड रुपैयाँ गरेको छ ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २.४३ रुपैयाँ घटेर १३.३३ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २५.५८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४.४ रुपैयाँ छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.३३ प्रतिशत, आधार दर १०.७१ प्रतिशत, कस्ट अफ फण्ड ८.३३ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड दर ४.५९ प्रतिशत छ ।

725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका