जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘सामूहिक म्यादी जीवन बीमा’ सार्वजनिक

महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘सामूहिक म्यादी जीवन बीमा’ सार्वजनिक

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा ‘सामूहिक म्यादी जीवन बीमा’ सार्वजनिक गरेको छ । कम्पनीले एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानी कर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने विशेषता रहेको योजना सार्वजिनक गरेको हो ।

यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधि भित्र थपघट गर्न सकिने सुविधा समेत रहेको छ । यस बीमालेखमा ऐच्छिक सुविधा अन्तर्गत कुनै कारणवश समूहका सदस्यको (बीमित) दुर्घटनाबाट मृत्यु भएमा थप बीमाङ्क बराबर रकम प्रदान गरिने, बीमा अवधि भित्र बीमितको मृत्यु भएमा क्रिया खर्च बराबर बीमाङ्कको १५ प्रतिशत वा ५० हजार रूपैयाँ जुन कम हुन्छ सो रकम थप प्रदान गरिने जनाएको छ ।

यस्तै बीमा अवधि भित्र समूहका सदस्य (बीमित) को दुर्घटनाबाट अङ्गभङ्ग भए अङ्गभङ्ग वापतको बीमाङ्कको अनुपातिक रकम क्षतिपूर्ति प्रदान गरिने र पूर्ण अपाङ्ग र अशक्त भएमा बीमाङ्क बराबर रकम प्रदान गरिने सुविधा रहेको छ।

एकदमै न्यून बीमाशुल्कमा बीमा गर्न सकिने यस बीमा योजनाले संगठित संस्था, प्रतिष्ठान, संघ, संगठनमा सम्बद्ध व्यक्तिहरुको जीवनमा आइपर्ने मृत्यु तथा अङ्गभङ्गबाट पर्न सक्ने वित्तीय जोखिमलाई न्यूनीकरण गर्ने कम्पनीको विश्वास छ ।

12150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका